२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउने मुख्यमन्त्रीकाे बाचा

तिन वर्ष भित्र संचालनमा ल्याउन मुख्यमन्त्रीले कसरत गर्ने
Logo
संवाददाता जनचर्चा

विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो तीन वर्ष भित्र विराटनगरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउने उद्घोष गरेका छन् ।

बुधबार राती नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले तीन वर्ष भित्रमा विराटनगर १९ मा रहेको बैजनाथपुर खेल मैदानमा अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने बताएका हुन् ।  साे पुर्वाधार निर्माणकाे लागी नीजि क्षेत्र, स्थानीय सरकार र केन्द्रीय सरकारले समन्वयनकारी भुमिका खेल्नु पर्ने उनले जिकिर गरे ।

नेपाली क्रिकेट टोली एशिया कपमा छनोट भएको उपलक्ष्यमा विराटनगरका उद्याेगी व्यापारीले  बुधबार आयाेजना गरेकाे सम्मान कार्यक्रममा  खेलाडीहरुलाई बधाई दिदै मुख्यमन्त्री कार्किले विराटनगरमा क्रिकेट स्टेडियम बनाउने बाचा गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]