विराटनगर, जेठ २५
राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद मनिस झाको नेपाली कांग्रेससँगको सम्वन्ध लगभग १० बर्षसम्म प्रत्यक्षरुपमा रह्यो । “२, ३ वटा चुनावमा प्रत्यक्ष रुपमा कांग्रेससँगै जोडिएर काम पनि गरियो ।गगन थापाको नेतृत्वको घोषणापत्र मस्यौदा समितिको सदस्य समेत रहेर मैले काम गरे । पैसा नै सवथोक मान्ने धेरै नेता कांग्रेसमा छन् । केही राम्रा नेता पनि कांग्रेसमा नभएको होइन तर अहंम निर्णय गर्ने बेलामा उनहरुलाई ओझेलमा परिन्छ। जव जव कांग्रेसमा मिटीङ बस्छ । केही सिमित नेताको साथमा बस्छ । त्योवेला मलाई आफैप्रति आत्मग्लानी हुन्थ्यो । आखिरमा मैले त यसरी आफ्नो इमान त गुमाउछु ।” उनै झाले एक टेलिभिजन कार्यक्रमका दौरान आफू कांग्रेसबाट विरक्तिएर निस्केको अनुभव सुनाए ।
उनी अगाडी थप्छन् : मैले क्याम्पसमा विद्यार्थी जीवन विताइरहँदा कुनै नेतालाई एयरपोर्टमा लिन जाँदा उसलाई फूलमालाले स्वागत गरिरहँदा मेरो राजनीति के का लागि र किन भन्ने प्रश्न सँगै उब्जिन्छ । कांग्रेस दाजु–भाउजुको पार्टी मात्र बनेको देख्दा आफैलाई दिक्दार लागेको समेत उनले उक्त अन्तरवार्ताका क्रममा बताएका छन् ।
“राजनीति भनेको त १० अनि १५ बर्षसम्म कुनै नेताको चाप्लुसी –चाकडी गर्ने मात्र त होइन । कलेजको मास्टर्स डिग्रीको पढाई ३० बर्षसम्म सक्ने , बाँकीको १५ बर्षसम्म कुनै नेताको गुलामी गर्ने अनि महत्वपूर्ण उमेर त्यहीँ खत्तम गरिसक्ने , अनि बाँकी रहेको मेरो बचेको कुन चाँही उमेरमा मैले राजनीति गर्ने, त्यो उर्जाशील उमेर त म सँग रहँदैन ।जव मेरो शरीरमा केही गर्छु भन्ने उमेर सकिन्छ । मैले राष्ट्र अनि जनताको लागि त न्याय गर्न पटक्कै सक्दिन । लालसा पलाउँछ म मा भने मैले राजनीति गर्न सक्दिन ।” झाले भन्छन् ।
भर्खरै बजेट भाषण आएको कुरामा समेत झा, ले तिक्तता पोखेका छन् । प्रतिनिधि सभामा शून्य समय लिएर बोलिरहँदा उनले गहिरो रुपमा मन छुने भनाइ राखेका थिएँ । “बजेट हामी बर्षेनी ल्याउँछौ । तर कसका लागि ? जेठ १५ गते बजेट ल्याइरहँदा हामी कुनै व्यापारिक घरानालाई पोस्नेगरी अघिल्लो दिन १४ गते ११ सय वटा गाडी भंसार छुट गरी भित्रयाउन दिन्छौ । अनि हामी भन्दछौ । बजेट सवैका लागि ल्याएका छौं । महोत्तरीको एउटा पान पसलेले बजेटबाट के पायो त ? अनि पहाड कुना कन्दराकी कुनै एक चिया पसल थाप्ने आमालाई बजेटले के फाइदा पुर्यायो त ? त्यो त बजेटमा कहिल्यै आँउदैन । बर्षेनी पुराण पाठ पढ्ने यस्तो बजेट यत्रो समय अनि पैसा खर्च गरी पढ्नुको औचित्य चाँही मैले देखिन ।”