०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरबाट MBBS प्रवेशपरिक्षामा उत्कृष्ट नतिजा ल्याएका आफ्ना छात्र महतोलाई कान्तिपुर कलेजले गर्‍यो सम्मान

Logo
जनचर्चा संवाददाता

विराटनगर, मंसिर ५ ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजाका साथ नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको कान्तिपुर कलेजले सम्मान गरेको छ।

विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल तीन विद्यार्थी सहित वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने ४३ विद्यार्थीहरूलाई सम्मान गरेको हो।

एमबीबीएस प्रवेश परीक्षामा सम्मिलित १८ हजार परीक्षार्थीहरूमध्ये मिर्चैया नगरपालिकाका राजनारायण महतो ३९औं स्थानमा सफल भएका छन्। यसअघि  कक्षा १२ को परीक्षामा नेपालकै सर्वोत्कृष्ट नतिजा ३.९६ जीपीए ल्याएका राजनारायणलाई कलेजले एक लाख रुपैयाँ नगद सहित सम्मान गरिएकाे छ।

बिराटनगरबाट पहिलो पटकमै नाम निकाल्ने एक मात्र विद्यार्थी राजनारायण सहित करुणा कुमारी शाह र प्रिन्सन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। राजनारायणका दाजु राजु महतो पनि अघिल्लो वर्ष एमबीबीएसमा नाम निकाल्न सफल भएका थिए।

यसैगरी कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनअन्तर्गत वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १२ जना विद्यार्थी र त्रैमासिक परीक्षामा राम्रो अंक ल्याउने १८ जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ। साथै कलेजले उत्कृष्ट ३१ जना विद्यार्थीलाई एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]