२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

भारतीय मुद्रा कमजोरनै भएको हो त ?

मान्छेले भारु रुपैया पाउनासाथ पेन्टको भित्री गोजीमा राख्ने गरेको पाइन्थ्यो ।
Logo
निरज बस्नेत

विराटनगर, जेठ ३०
कुनैबेला नेपालमा भारतीय मुद्रा बलियो मानिन्थ्यो । मान्छेले भारु रुपैया पाउनासाथ पेन्टको भित्री गोजीमा राख्ने गरेको पाइन्थ्यो ।

यता आएर आजभोली भारु नोट लिन नेपालीहरु हच्किरहेका छन् । १० हजार भारुको नेरु १५ हजार ८ सय मात्र आउँछ । यो काम चाही सटही काउन्टरमा दिनहुँको धन्दा बनिरहेको देख्न पाइन्छ ।

कतिपय ठाउँमा रु ५ सय भारुको नेरु रु ७ सय पनि हुनेगरेको देखिदै छ । हुन त यो कुराले नेपाली जनतामा राम्रै छाप परेको पाइन्छ । तरपनि गर्भरमेन्ट लेवलबाट ठोस जवाफ नआएसम्म के कारणले भारुको दरमा कमी आएको हो यसै भन्न पनि नसकिने अवस्था रहन्छ ।

खासमा नेपाल सरकारले यस्तो नीति ल्याएको पनि होइन । भारतले त झन् आफ्नो देशको मुद्रा सस्तो बनाउँने त कुरै भएन । किन पछिल्लो समयमा आएर भारु मुद्रा अवमूल्यन बन्यो ?

यससम्वन्धमा जोगबनी रोडमा चश्मा पसल संचालन गर्दे आएका, सुवास ढकालको प्रतिक्रिया अलिक फरक किसिमको छ । ढकाल भन्छन् ः – बजारमा मन्दी आएको नौंटकी चलाइयो , अनि भारुलाई कमजोर बनाइयो ।

अर्की व्यवसायी ताराको धारणा चाँही , जव सरकारले केही बोलेको छैन भने हामी को हौं र घटाउने भनेर भन्छिन् ।

भारु सटही काउन्टर संचालकहरु प्नि यो कसरी यस्तो भएको भन्ने बारेमा अनभिज्ञता प्रकट गर्छन् । अव हामी त बजारको माग अनुसार चल्ने हो । जता फाइदा उतैतर्फ लाग्छौ भनेर सटही काउन्टर संचालकहरु बताउछन् ।

हुन त यो पारा लामो समय नजाने उनीहरु भन्छन् । भारतीय समाचार संस्थाले त विश्व बजारमा मन्दी आएको अनि डलरको मूल्य बढेको कारण पनि भारु कमजोर बनेको समाचार समेत सम्प्रेक्षण गरिरहेका छन् ।

भारतको बढ्दो आवादी, ब्यापारमा घाटा, आर्थिक मन्दीको चपेटामा विश्वनै परेको अवस्था लगायतका कारण पनि नेपालमा समेत स्वतः भारु मुद्रा कमजोर भएको बताइन्छ । यसमा व्यक्तिपिच्छे विश्लेष्कहरुको विश्लेषण पनि फरक फरक आइरहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]