०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

भारतीय मुद्रा कमजोरनै भएको हो त ?

मान्छेले भारु रुपैया पाउनासाथ पेन्टको भित्री गोजीमा राख्ने गरेको पाइन्थ्यो ।
Logo
निरज बस्नेत

विराटनगर, जेठ ३०
कुनैबेला नेपालमा भारतीय मुद्रा बलियो मानिन्थ्यो । मान्छेले भारु रुपैया पाउनासाथ पेन्टको भित्री गोजीमा राख्ने गरेको पाइन्थ्यो ।

यता आएर आजभोली भारु नोट लिन नेपालीहरु हच्किरहेका छन् । १० हजार भारुको नेरु १५ हजार ८ सय मात्र आउँछ । यो काम चाही सटही काउन्टरमा दिनहुँको धन्दा बनिरहेको देख्न पाइन्छ ।

कतिपय ठाउँमा रु ५ सय भारुको नेरु रु ७ सय पनि हुनेगरेको देखिदै छ । हुन त यो कुराले नेपाली जनतामा राम्रै छाप परेको पाइन्छ । तरपनि गर्भरमेन्ट लेवलबाट ठोस जवाफ नआएसम्म के कारणले भारुको दरमा कमी आएको हो यसै भन्न पनि नसकिने अवस्था रहन्छ ।

खासमा नेपाल सरकारले यस्तो नीति ल्याएको पनि होइन । भारतले त झन् आफ्नो देशको मुद्रा सस्तो बनाउँने त कुरै भएन । किन पछिल्लो समयमा आएर भारु मुद्रा अवमूल्यन बन्यो ?

यससम्वन्धमा जोगबनी रोडमा चश्मा पसल संचालन गर्दे आएका, सुवास ढकालको प्रतिक्रिया अलिक फरक किसिमको छ । ढकाल भन्छन् ः – बजारमा मन्दी आएको नौंटकी चलाइयो , अनि भारुलाई कमजोर बनाइयो ।

अर्की व्यवसायी ताराको धारणा चाँही , जव सरकारले केही बोलेको छैन भने हामी को हौं र घटाउने भनेर भन्छिन् ।

भारु सटही काउन्टर संचालकहरु प्नि यो कसरी यस्तो भएको भन्ने बारेमा अनभिज्ञता प्रकट गर्छन् । अव हामी त बजारको माग अनुसार चल्ने हो । जता फाइदा उतैतर्फ लाग्छौ भनेर सटही काउन्टर संचालकहरु बताउछन् ।

हुन त यो पारा लामो समय नजाने उनीहरु भन्छन् । भारतीय समाचार संस्थाले त विश्व बजारमा मन्दी आएको अनि डलरको मूल्य बढेको कारण पनि भारु कमजोर बनेको समाचार समेत सम्प्रेक्षण गरिरहेका छन् ।

भारतको बढ्दो आवादी, ब्यापारमा घाटा, आर्थिक मन्दीको चपेटामा विश्वनै परेको अवस्था लगायतका कारण पनि नेपालमा समेत स्वतः भारु मुद्रा कमजोर भएको बताइन्छ । यसमा व्यक्तिपिच्छे विश्लेष्कहरुको विश्लेषण पनि फरक फरक आइरहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]