०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन सञ्चार गृहको आग्रह

Logo
संवाददाता जनचर्चा

बिर्तामोड
नारी सञ्चार गृह झापाले पत्रकार महासंघले ल्याएको सदस्यता शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन आग्रह गरेको छ ।
सञ्चार गृहको टोलीले आज नेपाल पत्रकार महासंघ झापा र शाखामार्फत पत्रकार महासंघ कोशी प्रदेश तथा नेपाल पत्रकार महासंघ केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकारितामा विगत ३ वर्षयता पूर्ण रुपमा निश्क्रिय नरहेका महिला पत्रकारहरुलाई शुद्धीकरणको कसीमा नराख्न माग गर्दै महिला पत्रकारको सदस्यता शुद्धीकरण गर्नु अघि गम्भिर र संवेदनशिल हुन माग गरेको हो ।

संचार गृहकी अध्यक्ष रेजिना गौतमले नेपाल पत्रकार महासंघ झापा जिल्ला अध्यक्ष एकराज गिरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेकी हुन् ।
संस्थाले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ–‘संचार गृहले बुझाएको ध्यानाकर्षण पत्रमा शुद्धिकरण निष्पक्ष र निस्वार्थ रुपमा गराउन स्मरण गराउँदै प्राकृतिक नियम र सृष्टि संरचना निरन्तरता अन्तरगतको पाटो सम्हाल्दै पत्रकारितामा आएको महिलाहरु कुनै बेला अत्याधिक सक्रिय हुने र कुनै बेला कम सक्रिय हुनसक्छन् । तसर्थ विगत ३ वर्षयता पूर्ण निश्क्रिय नभएका महिला पत्रकारहरुलाई शुद्धिकरणको कसीमा नराख्न नेपाल पत्रकार महासंघ झापा शाखा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको नारी सञ्चार गृह झापा ध्यानाकर्षण गराउँदछ ।’

ध्यानाकर्षण पत्र बुझ्दै महासंघ जिल्ला अध्यक्ष एकराज गिरीले शुद्धीकरण अभियानमा विभिन्न पेशागत संगठनहरु छलफलपछि संघ–संगठनले महासंघले नै गर्नुपर्ने धारणा राखेपछि महासंघको कार्यसमितिमा रहेका सबै संगसंगठनका प्रतिनिधित्व हुने गरी बनाएको कार्यदलले ल्याएको नामलाई सिफारिस गरिएको जानकारी दिए । शुद्धीकरणका सन्दर्भमा जिल्लाले गर्ने बाटो सकिएपनि प्रदेशले नाम सार्वजनिक गरेपछि प्रमाणसहित निवेदन हाल्न सक्ने जानकारी दिंदै केही कमीकमजोरी भए त्यसलाई सच्याउन महासंघले सकारात्मक भूमिका खेल्ने बताए ।
प्रमाण सहित प्रदेशमा निवेदन दिन महासंघले यसमा सहयोग गर्ने जनाएका छन् । कार्यक्रममा महासंघका अध्यक्ष गिरी, उपाध्यक्षद्वय केशव भट्टराई र शुसिला संग्रौला थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]