०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

झापामा ग्राहकलाई पेट्रोल फ्रि

‘भारत जाने बाध्यता हड्यो’
Logo
निरज बस्नेत

झापा,असार १९
‘एभरेष्ट हाइपर मार्केट’ले आफ्ना ग्राहकका लागि पेट्रोल निःशुल्क उपलब्ध गराउन शुरु गरेको छ । मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसंगै ग्राहकलाई निःशुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेको मार्केटका सञ्चालक चान महमदले जानकारी दिए । बाह्रदशी गाउँपालिका– ३ स्थित राजगढ बजारमा रहेको हाइपर मार्केटले टाढाबाट सामान खरिदका लागि आउने ग्राहकलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरेको हो । टाढाबाट आउने ग्राहकलाई तीन हजार र नजिकबाट आउने ग्राहकलाई चार हजार रुपैयाँको सामान खरिदमा एक लिटर पेट्रोल निःशुल्क उपलब्ध गराउन शुरु गरेको हो ।

ग्रामीण क्षेत्रमा रहेर एउटै छानामुनि सबै प्रकारका सामग्री उपलब्ध गराउदै आएको हाइपर मार्केटले सुलभ र गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको छ । औषधि बाहेकका सबै सामग्री एकै ठाउँमा उपलब्ध हुने भएपछि ‘एभरेष्ट हाइपर मार्केट’ सबैको रोजाइमा पर्ने गरेको छ ।
यस अघि ‘सस्तो बजार’ का नामबाट दक्षिणी क्षेत्रका सर्ब साधारणलाई सरल र सुलभ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको हाइपर मार्केटले हरेक सामग्री खरिमा विशेष अफरको आयोजना गर्दै आएको छ । घरमा प्रयोग गरिने खाद्यन्यदेखि लत्ताकपडासम्मका सामग्रीको खरिदमा विशेष छुट उपलब्ध गराएर जिल्लामै सस्तो सामग्री विक्री केन्द्रका रुपमा चिनिएको हाइपर मार्केटले छोटो समयमा ग्राहकको मन जितेको मार्केट सञ्चालक महमदको दाबी छ ।

मार्केट स्थापनाको चार वर्ष प्रवेशसंगै ग्राहकको सुविधालाई मध्यनजर गर्दै पेट्रोल फ्रि गरिएको सञ्चालक महमदको भनाई छ । मार्केटले उपलब्ध गराउदै आएको सेवालाई ग्राहकले औधि मन पराएको र उनीहरुका लागि समेत मार्केटका तर्फबाट उपहार स्वरुप एक लिटर पेट्रोल दिने अभियान सञ्चालन गरेका हौं – उनले भने ।
त्यसो त रहेक सामग्री खरिदमा कुनै न कुनै छुट सुविधा मार्केटले उपलब्ध गराएकै हुन्छ उनले भने – यस पटक नयाँ सोधका साथ हामीले हाम्रा ग्राहकलाई इन्धन उपलब्ध गराउने निर्णय गरेका हौ । अब सामग्री खरिदका लागि आउने जो कोहीले पनि पेट्रोल निःशुल्क पाउनु हुन्छ महमदले भने ।
बजार मूल्य भन्दा सस्तोमा हामीले सामग्री उपलब्ध गराएपनि टाढा टाढाका ग्राहकलाई दूरीका कारण यहाँ आउन असहज भएको गुनासो आएसंगै मार्केटले तत्काल नयाँ पोलिसी ल्याएर इन्धन उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । मार्केटले निःशुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेसंगै अहिले हाइपर मार्केट हेर्ने र सामग्री खरिद गर्नेको भीड लागेको छ ।

कचनकवल निवासी राईलाई स्कूटर उपहार
‘एभरेष्ट हाइपर मार्केट’ले कचनकवल निवासी सुनिता राईलाई उपहार स्वरुप एक थान स्कूटर प्रदान गरेको छ । मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममा सहभागी बनेकी राईलाई उपहारमा स्कूटर परेपछि हिरो होण्डा ब्राण्डको एक थान स्कूटर प्रदान गरिएको हो । उपहारमा पाएको स्कूटर र स्कूटरको चावी गाउँपालिकाकी उपाध्यक्ष शान्ता शिवाकोटी खरेलले हस्तान्तरण गरेकी थिइन् ।
हाइपर मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममा दश हजार बढी सहभागी थिए । सो मध्ये भाग्यशाली विजेताका रुपमा यो वर्ष राईलाई स्कूटर उपहार परेको हो । हरेक वर्ष मार्केटले एक÷एक जना ग्राहकलाई स्कूटर प्रदान गर्दै आएको छ । यो वर्षपनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै ‘लक्की ड्र’मा सहभागी ग्राहकलाई स्कूटर प्रदान गरेको हो ।

‘भारत जाने बाध्यता हड्यो’
एउटै छानामुनि सरल र सुलभ मूल्यमा सबै प्रकारका सामग्री पाउन थालेपछि दक्षिण क्षेत्रका स्थानीय भारतीय वजार धाउन छाडेका छन् । भारतीय बजार दिघलबैंक केन्द्रीत हुने दक्षिणी झापाका सर्बसाधारणको रोजाई अहिले एभरेष्ट हाइपर मार्केट बनेको छ । हाइपर मार्केटमा हरेक सामग्री गुणस्तरीय र सुलभ मूल्यमा पाउन थालेपछि आफूहरु किनमेलका लागि भारत जान छाडेको हल्दिवारी गाउँपालिका १ निवासी सृजना धिमालले बताइन् । एभरेष्ट हाइपर मार्केट सञ्चालनमा आएसंगै शुरुमा हेर्नका लागि आएका थियौं – त्यो बेला यहाँको सेवा राम्रो लाग्यो र अहिलेसम्म रहेक सामग्री खरिदका लागि यही आउने गरेका छौं । यस अघि भारतका विभिन्न वजार दिघलबैंकदेखि पानीट्याङ्की र नक्सलवाडीसम्म जाने गरेको उनको भनाई छ । भारतमा जस्तै सुलभ मूल्यमा यही सामग्री पाउन थालेपछि हामी भारतीय वजार जान छाडेका हौं धिमालले भनिन– यो मार्केटमा हरेक सामग्री खरिद गर्दा पैसा र समय दुबै बचत भएकाले हामीलाई यो बजार सहज लागेको हो ।
उनी जस्तै सोही ठाउँ निवासी नविना उप्रेतीले यो मार्केटमा रहेक सामग्री राम्रो र सस्तोमा पाउन थालेसंगै अन्यत्र जान छाडेको बताइन् । उनले भनिन्– यस अघि सामन खरिदका लागि बिर्तामोडसहित भारतीय वजार जाँदै आएपनि अहिले यो मार्केट नै आफ्नो पहिलो रोजाई बनेको छ ।
यता बाह्रदशी गाउँपालिका २ निवासी शिक्षा सेवी नारायण ढकालले आफ्नो मात्र नभई हाइपर मार्केट गाउँपालिकाबासीकै गौरव रहेको बताए । उनले भने – हरेक सामग्री ‘मार्केट प्राइज’ भन्दा सस्तो छ , यहाँ न ठगिने डर छ न त गुणस्तरमा कुनै चिन्ता छ । यो मार्केट सञ्चालनमा आएपछि हरेक सामग्री खरिदका लागि अन्यत्र जानु परेको छैन ।
राजगढ बजारमा यो मार्केट सञ्चालनमा आएसंगै बाह्रदशीवासी मात्र होइन छिमेकी पालिकाबाट सामग्री खरिद गर्न आउन थालेसंगै राजगढमा व्यापारिक चहलपहल समेत बढेको उनको भनाई छ ।

क्यास ब्याक कार्ड सार्बजनिक
‘एभरेष्ट हाइपर मार्केट’ले आफ्ना ग्राहकका लागि क्यास ब्याक लोयल्टी कार्ड अफरका रुपमा सार्बजनिक गरेको छ । हाइपर मार्केटमा आएका ग्राहकहरुले हरेक सामान खरिद गर्दा कार्डमार्फत प्रदान गरिएको नम्वर उपलब्ध गराएसंगै आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएको हो । यो योजना ल्याएसंगै ग्राहकलाई कार्ड उपलब्ध गराउन शुरु गरिएको मार्केटका सञ्चालक महमदले जानकारी दिए । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा कार्ड प्रयोग गरेको खण्डमा दुई प्रतिशत रकम फिर्ता हुने योजना ल्याइएको हो – महमदले भने ।
मर्केटले यो योजना सार्बजनिक गरेसंगै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव प्रकाश पाठकले खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्– अन्तराष्ट्रिय व्यावसायिक योजना स्वरुप आफ्नै गाउँ घरमा प्राप्त गर्दा पनि ठूलै सौभाग्य मिल्दो रहेछ । युवा व्यवसायी चान महमदलाई उद्यमशीलता र लगनशीलताले शिखर चुमोस् । पाठकले आफूले समेत क्यास व्याक कार्ड बनाएको भन्दै तस्बीर समेत सार्वजनिक गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]