०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

महिला सेल्फ डिफेन्स तालिम सम्पन्न

Logo
निरज बस्नेत

विराटनगर, असार २३
महिलाहरुको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम शनिबार सम्पन्न भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको दुई दिने महिला सेल्फ डिफेन्स तालिम शुक्रबार र शनिबार विराटनगरमा भएको थियो । पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरुको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइएको छ ।

महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्म अभ्याससमेत गराइएको थियो ।

आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरुले भाग लिएका थिए । काठमाडौं र प्रदेशका ५ जना प्रशिक्षकहरुले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीना कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद डाँगीलगायतले प्रशिक्षणका सहभागीहरुलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]