०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान

Logo
संवाददाता जनचर्चा

धनकुटा, असार २५
धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो ।

मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङले जानकारी दिए । ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण थालेका छौं, यसलाई अभियानकै रुपमा अघि बढाउछौं,’ मेयर तामाङले भने, ‘अब हरेक साता वृक्षरोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौं ।’

अभियानको पहिलो दिन शनिवार धनकुटा नगरपालिका–१ स्थित विद्युत प्राधिकरणको जग्गा, आइतबारे रानी बन, चञ्चलेश्वर महादेव मन्दिर क्षेत्र र आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिएको छ । सो क्षेत्रमा धुपी, कल्की र उत्तिसका करिब १ हजार ३ सय बिरुवा रोपिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले जानकारी दिए । वृक्षरोपणका लागि धनकुटाका बिभिन्न स्थानबाट करिब तीन सय मानिस भेला भएका थिए ।

अब, असार ३० गते शनिवार आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिदैछ । सो क्षेत्रमा करिब ३ हजार ५ सय हाराहारी बिरुवा रोप्ने योजना छ । खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान थालिएकाले सहभागि हुन खानेपानी उपभोक्ता समितिले सबैमा आव्हान पनि गरेको छ ।

धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ । यहाँ ३ हजार ३ सय परिवार खानेपानीका उपभोक्ता छन् । सो जलाधार क्षेत्रबाट पानी ल्याई धनकुटाको सल्लेरी, स्कुलडाँडा, कागते र निगालेको ट्याङ्कीमा जम्मा गरेर पानी वितरण गर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]