२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

“सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या भयाे”

Logo
संवाददाता जनचर्चा

विराटनगर,साउन ५
सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या हुदै आएको प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव हंसराज वाग्लेले बताएकाछन् ।
बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे ।

मुलुक संघीय ब्यवस्था गएपनि खेलकुदका लागि प्रदेशलाई आवश्यक बजेटसमेत उपलब्ध गराउन नसकेको सदस्यसचिव वाग्लेले जानकारी दिए । उनले भने, ‘खेलकुदलाई सक्रिय बनाउँदै, खेलाडी उत्पादन र राष्ट्र अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन आवश्यक बजेटको माग प्रधानमन्त्रीसमक्ष समेत गरेका थियौं। खेलकुदलाई पुराना अवस्थाबाट बाहिर निकाल्दै विकासित गर्न पहल गरिदिन माग गरेका थियौं । तर सोचे जस्तो हुन सकेन । हामीलाई सरकारले राखेको बजेटका १ प्रतिशत रकम मात्र निकासा गरिदिए हुने थियो । तर, त्यो समेत हुन सकेको छैन ।’

सीमित बजेट दिएर खेलकुदको विकास र खेलाडी उत्पादन गर्न निकै गाह्रो हुने गरेको बताएका सदस्यसचिव वाग्लेले खेललाई चलायमान बनाउन सबैले सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे । यद्धपी उनले आउँदो मंसिर र पुषभित्र प्रदेशमा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए ।

कार्यक्रममा बास्केटबलका केन्द्रीय अध्यक्ष भीमसिंह गुरुङले सात प्रदेशमध्ये कोसी प्रदेशबाट प्रदेशस्तरीय संघ गठनको सुरुआत भएको जानकारी दिए। केन्द्रीय महाधिवेशनको तयारीका क्रममा संघ रहेको बताएका अध्यक्ष गुरुङले प्रदेशमा संघ गठन गर्ने कोसी पहिलो भएको उल्लेख गरे ।
उनले विराटनगरका मनिष गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको बताए। कार्य समितिमा उपाध्यक्ष दिव्यराज गुरुङ, रोशन राई, सचिवमा सरोज लम्साल, कोषाध्यक्षमा प्रविन राउत रहेका केन्द्रीय अध्यक्ष गुरुङको भनाई छ।
कार्यक्रममा प्रदेशकी पूर्व सभासदस्य विन्दिया कार्की तथा बास्केटबलका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]