३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

स्यावास ! बालेन शाह ।

बालेनकाे स्टाटसमा निरजकाे समर्थन
Logo
निरज बस्नेत

निरज बस्नेत
भदाै १८
“आजको लागि केही भएन,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार।”

यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता स्टाटस बेलामौकामा हालेर बालेन शाह चर्चाको केन्द्रविन्दुमा छाउने गरेका छन् । वास्तवमै बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि चर्चाको उच्च बिन्दुमै पुगेका छन् । शाहले गर्ने हरेक गतिविधिले तहल्का मच्चाउने काम गरिरहेको छ । काठमाडौंवासीको मन ( मनमा बस्न सफल शाहलाई भरोसा भनेकै आम नेपाली जनताकै हो । यहि भरोसाको सधैं कदर गर्दै उनले चाल्ने प्रत्येक स्टेप जनताकै पक्षमा आउने गरेको देखिन्छ । आज यसै कारण केन्द्र सरकारले समेत बालेनको केहि हल्लाउन सकेको छैन ।

‘आजको लागि केही भएन।’ ठिक छ । सन्दर्भ कसरी पनि जोडीन पुग्योभन्दा , मेयर बालेन पत्नीलाई बच्चा पाउने ब्यथाले एक्कासि च्यापेपछी बालेन पत्नी महानगरको सरकारि गाडीमा शनिबारको रातमा हुइकिन । अस्पताल जाँदै गर्दा एक्कासि ट्राफिकले गाडी बाटोमा रोक्यो । र, भन्यो शनिबार सरकारी गाडी किन चलाएको रु सरकारी पास खोइ भन्दै केरकार अनावश्यक रूपमा गरेको कुरा स्वयं ड्राइभरले बताएका छन् । फेरि ड्राइभरले भित्र गाडीमा म्याम हुनुहुन्छ । म्यामलाइ ब्यथाले च्यापिसक्यो । बेलैमा अस्पताल पुर्याउनुपर्छ । भनी भनिरहदा , ब्यक्तिको ज्यानभन्दा ठूलो सरकारी पास हो रु बालेन पत्नी सर्वप्रथम एक सचेत नागरिक हुन् । बादमा मेयर बालेन पत्नी हुन् । फेरि नेपालको संविधानमै स्पष्ट ब्यवस्था छ । प्रत्येक नागरिकको स्वास्थको रक्षा गर्नुपर्ने दायित्व त सरकारकै हो । अनि सडकमा ड्युटीमा खटिएका ट्राफिक त सरकारकै मातहतमै काम गर्ने हुन् । यति भनिरहदा मेयरको चाकडीवाज हो अथवा गर्यो भन्ने गलत अर्थ चाहिँ कसैले लगाइछ्न भने त्यस्तालाई हाम्रो केही भन्नू छैन । बस् यति भन्छौ । कठैबरा १ ठिक छ शनिबारको दिन सरकारी गाडी चलाउनु सरासर गलतनै हो । फेरि यो पटक त बालेन पत्नी भन्दापनी एकजना नेपाली नागरिक जसलाई अस्पताल छिटो पुर्याउनु थियो । फेरि हतारको बेलामा प्राइभेट गाडी अगाडि थिएन होला १ या भनौ सरकारी गाडीनै सामुन्नेमा देखियो । बस् , यसलाइ राजनीतिक फण्डा आफ्नो स्वार्थपुर्तीका लागि गर्नु दुर्भाग्य हो । फेरि सरकारी गाडीको चरम दुरुपयोग त ठुला भनिएका पार्टी अनि तिनका आसेपासेहरु बाटनै अक्सर हुनेगरेको जगजाहेर छदैछ ।

‘भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु।’
अब यो भनाइलाइ हलुका रूपमा पनि नलिइकन अनि अन्यथा पनि नमानिकन सपाट तरिकाले बुझ्नुपर्ने हुन्छ । यसमा घिसिपिटी टाउको दुस्खाइभन्दा अलिक पर गएर बिचार ( बिमर्श घनिभूत तवरले गरिनुपर्दछ । सिंहदरवारमा आगो लागेको कुरा बि स २०३३ सालतिर हो । त्योबेलाको र अहिलेकोमा बिल्कुलै फरक छ । त्यो समयमा आगो लागेको नै थियोे । आगो लगाउछु भनेर जानकारि गराएर लगाएको पनि होइन । एउटा कालखण्डमा आगो लाग्यो । कुरा सकियो । आज बालेनले आगो लगाउछु भनेकोलाइ सकारात्मक पाटोले विश्लेषण गरौ । सिंहदरवारमा बस्ने शासकहरु नेपाली जनताप्रति बिल्कुलै उत्तरदायी नभएको प्रति तीखो ब्यङ्य प्रहार यस अभिव्यक्तिमा छ । आज चुनावताका जनताको पिरमर्का मलाई जिताएको खण्डमा छु मन्तर तरिकाले पूरा गर्दिन्छु भनी वाचा गर्छन् । चुनाव जिति नेतृत्वमा पुगेपछि भ्रष्टाचारको खालमा डुब्छ्न । यो त यथार्थ हो । अनि बालेनको स्टाटसको खाटी कुरो बुझ्नुको साटो उल्टै नेगेटिभ हुनुपनी त जायज नहोला ।

‘याद राख चोर सरकार।’ यो त आज हरेक नेपालीले दिलदेखी भनिरहेको कुरा हो । यसमा के अनौठो मान्नु छ र रु बालेनले आट गरे , भने । ढिलो ( चाडो कसै न कसैले आट गरिहाल्थे । बालेन चर्चाको शिखरमा पुगेका जनप्रतिनिधि भएकै कारण यसले माइलेज लियो । फगत यति न कुरा हो । बालेनका भन्दा आक्रोशित भएर सामाजिक संजालमा आज प्रत्येक दिन यो भन्दा कडा कडा स्टाटस त सर्वसाधारण जनतालेनै हाली पोस्ट गरि त रहेका छन् । यसलाई ब्यक्ती उपर हेर्नुभन्दा पनि समग्र सिस्टम कसले कसरी करपटेट पार्दै छ त रु हाम्रो ध्यान त्यतातर्फ पो मोडिनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]