१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगर केएफसीमा ग्राहकको घुईचों

२९९ मैं कंबो अफर
Logo
निरज बस्नेत

निरज बस्नेत, कार्तिक ४
कार्तिक १ गतेबाट खुलेको केएफसी विराटनगरमा ग्राहकको अस्वभाविक भिड बढेको छ । यसअघि अन्य सहर जादा मात्र पाई र खाईरहेको केएफसीका परिकार आफ्नै सहर आईपुग्दा विराटनगरवासी निकैनै उत्साहित बनेका छन् । केएफसीको स्वाद पहिलो चोटी चाख्न आउने ग्राहकको स‌ंख्या पनि विराटनगर केएफसीमा थुप्रैनै देखिएको छ । यहाँ क्रिस्पी चिकन, चिकन पपर्कन, चिकन स्ट्रिप्स र जिङ्गर वर्गर लगाएत केएफसीका सबै परिकार उपलब्ध गराईएको छ ।
पिंजा–हट र क्रिम–बेल पनि खुल्याे 
दिव्यानी ईन्टरनेश्नल नेपाल प्रालिले नेपालमा आफ्नो १७ औं शाखाको रुपमा विराटनगरमा कार्तिक १ बाट केएफसीको शुरुवात गरेको हो । यसले केएफसीसँगै पिंजाहट र क्रिम बेल जस्ता विश्वप्रख्यात ब्राण्डको आउटलेटपनि सोहि दिनबाट शुभारम्भ गरेको छ । पिंजाहटको यो नेपालमा पाँचौं र कोशी प्रदेशको एक मात्र आउटलेट हो । दिव्यानीले ल्याएको क्रिमबेल एउटा प्रख्यता आईसक्रिम ब्राण्ड हो । यसले विभिन्न प्रकारको आईसक्रिमहरु गुणस्तरीय मापदण्डका साथ बनाउने गर्दछ । कम्पनीका व्यवस्थापक विजय शर्माले गुणस्तरकाे र स्वादकाे मामिलामा कहिले पनि सम्झाैता नगर्ने दिव्यानीकाेतर्फबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।

कहाँ र कति बजेसम्म ?

विराटनगरको हाईवे शिवमन्दिर नजिक रहेको निर्माणाधिन सेन्चुरीयन मलको भुईतल्लामा केएफसी, पिंजा हट र क्रिम बेलको आउटलेट रहेको छ ।  सो आउटलेटहरु बिहान १० बजेदेखि बेलुकी १० बजेसम्म खुल्ने दिव्यानी नेपालकी बजार व्यवस्थापक निती बस्नेतले जानकारी दिइन् । साथै यसको होमडेलिभरी पार्टनर भोजडिल्स रहेको समेत बस्नेतले जानकारी गराइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]