२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

अब विराटनगरमा पनि आकाशे पुल बन्ने

यही आर्थिक वर्ष भित्रै आकाशे पुल बनिसक्ने
Logo

विराटनगर, भाद्र ११
काठमाडौं लगाएत अन्य छिटपुट सहरहरुमा मात्र देखिदै आएको आकाशे पुल विराटनगरमा पनि बन्ने भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारले फेसबुकमार्फत बन्न लागेको आकाशे पुलको डिजायन सार्वजनिक गरेका छन् ।
उक्त पुल फलामको हुनेछ । फलामको पुल कम खर्चिलो, बनाउन पनि धेरै समय नलाग्ने र धेरै वर्षसम्म टिक्ने अधिकारीको भनाई छ । हाललाई कंचानबारी, बरगाछि र गासचौकमा गरी ३ ठाउँमा पुल निर्माण गरीने तयारी भईरहेको छ ।
हाल अकाशे पुलका लागी डिपीआर तयारी भईरहेको मेयरका स्वकीय सचिव त्रिभुशन गिरिले जानकारी दिएका छन् । महानगरले यहि आर्थिक वर्षभित्र तिनै वटा पुल निमार्ण गर्ने गरी काम अघि बढाईरहेको महानगरका इन्जिनियर अर्जुन थपलियाको भर्नाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]