०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

शुरु भयाे धरानमा पाँच दिने फुड फेस्टिभल

Logo
निरज बस्नेत

धरान,कार्तिक २१
स्थानीय खानाको परिकारको प्रवद्धन गर्दै आन्तरीक पर्यटनको विकास गर्ने उदेश्यले धरानमा पाच दिने धरान फुड फेस्टिभलको उद्घाटन भएको छ । धरान–१४ स्थित हात्तिसार क्याम्पसको खेल मैदानमा शुरु भएको सो फेस्टिभल पाच दिनसम्म संचालन हुनेछ ।

फेस्टिभलमा ६० वटा स्टल रहेको र अधिकांश स्टलहरुमा विभिन्न जातिहरुको मौलिक सास्कृतिक खानाका परिकारहरुको रहेको आयोजकले जनाएको छ ।पाँच दिनसम्म चल्ने सो फेस्टिभलमा स्थानीय कलाकारहरु तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

स्थानीय पर्यटन परिकार कला व्यापार प्रवद्धनको निम्ति धरान फुड फेस्टिबल भन्ने नाराका साथ आयोजना गरीएको सो महोत्सवले धराने जनतालाई आर्थिक संमृद्धिमा टेवा पु¥याउने विश्वास लिएको आयोजक संस्थाका अध्यक्ष चिरन्जीवि खड्काले वताए ।

फुड फेस्टिबलमा वुधवार साझ सांगीतिक मनोरन्जन दिन चर्चित गायिका प्रश्ना शाक्यको प्रस्तुति रहने आयोजकले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]