२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा खुल्याे प्रसिद्ध ‘बाजेको सेकुवा’ रेष्टुरेण्ट

विराटनगरमा १९ औं आउटलेट, अमेरिकामा समेत ३ रेष्टुरेण्ट संचालनमा
Logo
निरज बस्नेत

निरज बस्नेत
विराटनगर,कार्तिक २४
‘बाजेको सेकुवा’ रेष्टुरेण्टले विराटनगरमा आफ्नो १९ औं आउटलेटको बिहीबार उद्घाटन गरेको छ । उद्घाटन समाराेहमा  बाजेको सेकुवाका  संस्थापक स्वर्गीय दीनानाथ भण्डारी र खिला राजेश्वरी भण्डारीको प्रतिमालाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अनावरण गरे ।

कार्यक्रममा मन्त्यव दिदै उद्याेग संगठन माेरङका अध्यक्ष राकेश सुरानाले  नेपालकाे प्रसिद्ध ब्राण्ड बाजेकाे सेकुवालाई विराटनगरमा भित्र्याएकाेमा धन्यवाद व्यक्त गरे । त्यसै गरी व्यापार संघ माेरङका अध्यक्ष नविन रिजालले नेपाली ब्राण्डकाे बाजेकाे सेकुवालाई केएफसी र मेकडाेनल्डजस्तै अन्तराष्ट्रियस्तरमा बिक्ने बस्तु बनाउन भन्दै शुभकामना व्यक्त गरे। अन्तमा रेष्टुरेण्टका संचालक चेतन भण्डारीले विराटनगरवासीले बाजेकाे सेकुवालाई हाैसला प्रदान गर्दै मनपराईदिएकाेमा धन्यवाद व्यक्त गरे ।

रेस्टुरेण्टका भुईं तला र पहिलो तलामा गरेर १५० जना अटाउने सक्ने क्षमता भएकाे रष्टुरेण्टका साझेदार केशव पाेखरेलले जानकारी दिएका छन् । र रेष्टुरेण्टभित्रै ५० जनासम्मको सेमिनार, कार्यशाला समेत  हुनसक्ने प्रवन्ध रहेको पाेखरेलले बताए । बाजेकाे सेकुवासँगै  रेष्टुरेण्ट परिसरभित्रै विश्व प्रसिद्ध बास्किन राेविनकाे आईसक्रिम पार्लर समेत संचालनमा ल्याईएकाे छ ।

४७ वर्षे इतिहास बाेकेकाे बाजेकाे सेकुवा नेपालकाे प्रसिद्ध सहरहरुमा बाहेक पनि संयुक्त राज्य अमेरिकामा समेत ३ वटा छुटै रेष्टुरेण्टहरु रहेकाे छ ।  सुरुवाती दिनमा संस्थापक भण्डारी दम्पतीले काठमाडाैंकाे सडक पेटीमा सेकुवा पाेलेर शुरु गरेकाे व्यापार अहिले अधिराज्यकै सबैभन्दा ठुलाे बारबेक्यू रेष्टुरेण्ट बनेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]