०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

पुस ६ देखि विराटनगरमा व्यापार मेला

Logo
निरज बस्नेत

विराटनगर, मंसिर १२
विराटनगरमा पुस पहिलाे सातादेखि ट्रेड एक्स्पाे  आयोजना हुने भएको छ। साे एक्स्पाे पुस ६ देखि १६ गते विराटनगरकाे श‌ंकरपुर खेलमैदानमा गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको छ ।

संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले “मोरङ व्यापार संघ एक्सपो ” नाम दिएर प्रदर्शनी आयोजना गर्न लागिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए। रिजालले विगतको भन्दा फरक र आकर्षक स्टलहरू प्रदर्शनीमा राख्ने तयारी गरिएको जानकारी दिए। एक्सपाेमा हाराहारी ३ सय व्यवसायीक स्टलहरु राख्ने आयाेजककाे तयारी छ ।

एक्सपोमा ६० फिट अग्लाे आइफिल टावरको कपी समेत राखिने बताईएको छ । साथै बालबालिकाकाे लागी किड्सजोन लगायतकाे प्रबन्ध समेत गरिने भएकाे छ । एक्सपो संयोजकको जिम्मेबारी अनिलकुमार साह र सहसंयोजकको जिम्मेबारी अमित सारडा र सन्जय श्रेष्ठले पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]