०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कन्चनवारीमा च्याउसरी खुले होटल – भर्खरै खुलेका कतिपय होटल बेकार

सेकुवाको गुणस्तर मलाई स्वं लाई चाही मनपरेन ।
Logo
जनचर्चा संवाददाता

विराटनगर, पुष २२
विराटनगरको कन्चनवारी एरिया आसपासमा दर्जनौ होटल तथा रेष्टुरेण्ट खुलेका छन् । खुल्ने क्रम जारीनै छ । होटल व्यवसायलाई सेवामुलक क्षेत्रको रुपमा हेरिन्छ । तर, यहाँ कन्चनवारी एरियामा केही समय अगाडी खुलेका कतिपय होटल तथा रेष्टुरेण्टको हकमा भने सेवा कम मेवा ज्यादा हुने गरेको पाइन्छ । हुन त होटल व्यवसाय आजभोली सेवामूलक भन्दा पनि नाफामूलकनै हुन थालेको प्रति, विराटनगर १ का स्थानीय अंशु गुप्ता चिन्ता व्यक्त गर्छन् । गुप्ता थप्छन् , विराटनगरमा भर्खरै खुलेको , बाजेको सेकुवा घरमा गएको थिएँ , सेकुवा स्पेशल भनेर मगाए । सेकुवाको गुणस्तर मलाई स्वं लाई चाही मनपरेन । यो कुरा चाहीँ भनिरहदा मलाइ आफैलाई नरमाइलो लाग्यो , गुप्ताको यसप्रति दुःखेसो छ । किन भन्दा सेकुवा भन्ने वितिकै बाजेको सेकुवा अग्रपंक्तिमा आउँछ , हो यही मान्यता बोकेरनै म पनि बाजेको सेकुवा खान गएको हुँ , भन्दै गुप्ता भन्छन् , यो पाली मलाई बाजेको सेकुवा नमिठो लाग्यो । मान्छेको आफ्नो आफ्नो च्वाइस हो । कसैलाई बाजेको सेकुवा मनपर्ला । कसैलाई मन नपर्ला । फेरी यहीँनिर संचालन भइरहेका कतिपय राम्रा –राम्रा होटलहरु पनि नभएका होइनन् । पक्कै पनि छन् । बाजेको सेकुवा घर एउटा प्रतिनिधि होटलको रुपमा हेरिदा हुन्छ । यसको राम्रो पक्ष पनि छ । सँगै नराम्रो पक्ष पनि हुन्छ । अन्य होटलको सवालमा समेत यही कुरा लागू हुन्छ । हामी पनि योवेला यही बाजेको सेकुवामा पुगेको बेला स्थानीय गुप्ताले हामीसँगको भेटमा यीसव कुरा बताएका हुन् । आगामी दिनमा विराटनगरका अन्य होटलका सम्वन्धमा जे देख्छौ , त्यहीँनै लेख्छौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]