१४ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

कन्चनवारीमा च्याउसरी खुले होटल – भर्खरै खुलेका कतिपय होटल बेकार

सेकुवाको गुणस्तर मलाई स्वं लाई चाही मनपरेन ।
Logo
जनचर्चा संवाददाता

विराटनगर, पुष २२
विराटनगरको कन्चनवारी एरिया आसपासमा दर्जनौ होटल तथा रेष्टुरेण्ट खुलेका छन् । खुल्ने क्रम जारीनै छ । होटल व्यवसायलाई सेवामुलक क्षेत्रको रुपमा हेरिन्छ । तर, यहाँ कन्चनवारी एरियामा केही समय अगाडी खुलेका कतिपय होटल तथा रेष्टुरेण्टको हकमा भने सेवा कम मेवा ज्यादा हुने गरेको पाइन्छ । हुन त होटल व्यवसाय आजभोली सेवामूलक भन्दा पनि नाफामूलकनै हुन थालेको प्रति, विराटनगर १ का स्थानीय अंशु गुप्ता चिन्ता व्यक्त गर्छन् । गुप्ता थप्छन् , विराटनगरमा भर्खरै खुलेको , बाजेको सेकुवा घरमा गएको थिएँ , सेकुवा स्पेशल भनेर मगाए । सेकुवाको गुणस्तर मलाई स्वं लाई चाही मनपरेन । यो कुरा चाहीँ भनिरहदा मलाइ आफैलाई नरमाइलो लाग्यो , गुप्ताको यसप्रति दुःखेसो छ । किन भन्दा सेकुवा भन्ने वितिकै बाजेको सेकुवा अग्रपंक्तिमा आउँछ , हो यही मान्यता बोकेरनै म पनि बाजेको सेकुवा खान गएको हुँ , भन्दै गुप्ता भन्छन् , यो पाली मलाई बाजेको सेकुवा नमिठो लाग्यो । मान्छेको आफ्नो आफ्नो च्वाइस हो । कसैलाई बाजेको सेकुवा मनपर्ला । कसैलाई मन नपर्ला । फेरी यहीँनिर संचालन भइरहेका कतिपय राम्रा –राम्रा होटलहरु पनि नभएका होइनन् । पक्कै पनि छन् । बाजेको सेकुवा घर एउटा प्रतिनिधि होटलको रुपमा हेरिदा हुन्छ । यसको राम्रो पक्ष पनि छ । सँगै नराम्रो पक्ष पनि हुन्छ । अन्य होटलको सवालमा समेत यही कुरा लागू हुन्छ । हामी पनि योवेला यही बाजेको सेकुवामा पुगेको बेला स्थानीय गुप्ताले हामीसँगको भेटमा यीसव कुरा बताएका हुन् । आगामी दिनमा विराटनगरका अन्य होटलका सम्वन्धमा जे देख्छौ , त्यहीँनै लेख्छौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]