१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

वडालाई सफा, शिक्षित, सुरक्षित र सुन्दर बनाउने अध्यक्ष कामतको रहर

Logo
राम खत्री

वडामा भइरहेकाे समग्र काम बारे विराटनगर महानगरपालिका वडा नम्बर १२का अध्यक्ष हिरालाल कामतसँग गरिएकाे संक्षिप्त कुराकानी 

वडा १२ मा दुइपटक वडा अध्यक्षको रूपमा निर्वाचित भइसक्नु भएको छ । किन जनताले तपाइलाई नै पुनः वडा अध्यक्षको लागि उपयुक्त ठाने ?
यो त म प्रति जनताले देखाउनु भएको माया अनि विश्वास हो । यो भन्दा अगाडिको ५ बर्षे कार्यकालमा वडा नम्बर १२ को विकासको लागि गरेको काम, मेरो लगनशीलता र वडाबाट प्राप्तहुने सेवासुबिधा चुस्त दुरुस्तका साथ प्रभावकारी तरिकाले वडाबासीलाई प्रदान गर्नमा सहजीकरण गरेको हुनाले वडाबासीले वडा अध्यक्षको लागि पुन मलाई नै उपुक्त ठानेको हो भन्ने लाग्छ ।

तपाईंले वडा अध्यक्षको रूपमा जनताले प्रत्यक्ष महसुस गर्नेगरी के के कामहरू गर्नुभएको छ ?
वडा नम्वर १२ एकदमै पिछडिएको वडा हो, यहाँ २०÷२२ बर्षदेखि जनप्रतिनीधि बिहीन हुदाँ बाटो–घाटो, शिक्षा, स्वस्थ्य लगाएतका आधारभुत सेवा तथा संरचनाहरुको अवस्था एकदमै कमजोर थियो । सुरुको कार्यकालमा सडक बाटो निर्माण गर्ने, सडक नपुगेको ठाउँमा सडकको पहुँच पुर्याउने वडाको क्षेत्रधिकारमा पर्ने विद्यालय र स्वस्थ्य चौकीे स्तर उन्नती गर्नुका साथै बखरीमा प्रहरी चौकीको पनि राख्ने व्यवस्था मिलाएको छु ।

तपाईंको वडामा विकास योजना तथा कार्यक्रम कसरी तयार गरिएको छ ?
महानगरले छुट्याइदिएको बजेटलाई वडाको कुन ठाउँमा तत्काल विकास गर्नु पर्ने आवश्यकता छ त्यसैलाई मध्यनजर गरेर विकासका योजना तथा कार्यक्रमहरु तयार गरिएको छ । उपभोक्ता समीति बनाएर विज्ञहरुको सल्लाह बमोजिम नै विकासको योजना तथा कार्यक्रमहरु कार्यन्वयन हुन्छ ।

कतिपय योजनाहरु बनाउँदा वा कुनै पनि निर्णय गर्दा वडा सदस्यहरूसँग तपाईको मतभेद हुन्छ कि हुन्न ?
अहिलेसम्म मैले वडाको बिकासको लागि अगाडि सारेको निर्णयहरुमा वडा सदस्यहरुले खासै आपत्ति जनाउनु भएको छैन । यदि कुनै समय त्यस्तो भइ हालेमा हामी समन्वय गरेर अगाडि बढ्ने गरेका छौ । समग्र वडाको विकासमा मेरो जति भुमिका छ वडा सदस्यहरुको पनि त्यतिकै भुमिका रहेको छ ।

तपाईको वडाको समग्र विकासमा मेयरको भुमिका कस्तो पाउँनु भएको छ ?
समग्र वडाको विकासमा मेयर नागेस कोइरालाको भुमिका नराम्रो हुने हो भने त वडाको विकास नै हुदैन । वडाको विकासमा मेयरसापको भुमिका सरहनिय छ । मैले अगाडि सारेको विकासको योजनाको कार्यन्वयन गर्न उहाँले सहयोग गर्नु हुन्छ ।
तर वजेट विनियोजनको सवालमा भने महानगर हाम्रो वडा प्रति त्यति उद्दार देखिएको छैन । वडा नम्वर १२ मा गर्नुपर्ने काम अधिक छ । तर बजेट एकदमै कम मात्रामा प्राप्त हुन्छ । छुट्याएको बजेट अतिरीक्त महानगर आफैले भने एक रुपैँया पनि यस वडाको लागी खर्चिदैन । महानगरले सिमित सिलिङ बजेट मात्र दिएको हुदाँ वडामा गर्नुपर्ने कामहरु सम्पूर्णरुपमा गर्न सकिएको छैन ।

शिक्षा क्षेत्रमा वडाभित्र के के काम भईरहेको छ ?
७४ सालमा चुनाव जितेर आएपछि विद्यालय सुधार योजनालाई प्राथमिकतामा राखेको थिए । त्यसै अनुरुप काम भयो । सुरुवाती चरणमा वडा नम्वर १२ को विद्यालयमा अंग्रेजी शिक्षकको नियुक्ती गरेका छौं । वडाका बखरी, दोरैया र मलंगमा विद्यालयहरुको भौतिक संरचना परिवर्तन गर्यौ । जिल्ला शिक्षा समितीले स्थानिय विद्यालयहरुको रेखदेखमा ध्यान नदिदा शिक्षाको गुणस्तर निक्कै खस्किएको थियो । अहिले स्कुल वडाको रहोवरमा आएपछि हामीले विद्यालयको निरन्तर निरिक्षण गर्छौ । टोलटोलमा बालबालिका विद्यालय नपठाउने अभिभावकलाई सम्झाई वुझाई गरेर बालबालिकालाई विद्यालयसम्म पुर्याउने बाताबरण मिलाएको छौँ । त्यसैको परीणाम स्वरुप अहिले वडा नम्वर १२ को विद्यालयमा विद्यार्थीहरुको उपस्थितीमा बृद्धि भएको छ । अव महानगरसँग समन्वय गरेर जेहेनदार तथा उच्च क्षमता भएका विद्यर्थीलाई छात्रवृद्धिको उपलव्ध गराउने योजनामा छौँ ।

अनि स्वस्थ्य क्षेत्रमा नि ?
हामीले वडाको स्वस्थ्य चौकीमा ३ जना कर्मचारी नियुक्त गरेका छौं । स्वस्थ्यमा सामान्य असर परेको खण्डमा बखरी स्वस्थ्य चौकीबाटै समधान हुन्छ । जटील अवस्था सृजना भएको खण्डमा वडाबाट आवश्यक सहयोग र सिफारिस दिएर सम्बन्धित चिकित्सासेवा केन्द्रतर्फ पठाईदिने गरेका छौं । संघ, प्रदेश तथा स्थानीय तहले चलाउने विभिन्न खोप तथा औषधी वितरण कार्यक्रममा वडाले समन्यवनकारी भुमिका खेलीरहेको हुन्छ । वडावासीलाई स्वस्थ्य रहने उपयामुलक सूचनाहरु पनि यहाँबाट हामीले वेला वेला प्रवाह गरिरहेका हुन्छौं ।

फोहोर व्यवस्थापन विषय समग्र देशकै समस्याको रुपमा देखिएको छ । यो अवस्थामा वडा नम्बर १२ को फोहोर व्यवस्थापनको वर्तमान अवस्था कस्तो छ ?
जवसम्म फोहोर व्यवस्थापन सम्बन्धि जनता जागरुक हुदैनन् तबसम्म फोहोर कहिले सफा हँुदैन । त्यसैले आफ्नो घरवरपर सफा राख्नुस भनेर सुझाव सल्लहा दिने गर्छौ । यदि सबैले आफ्नो घर वरपर सफा राख्न थाले भने टोल आफै सफा भइहाल्छ । त्यसैले हामी यस विषयमा जनतालाई बढी जागरुक बनाउने कोशिसमा छौँ ।

तपाईंको वडामा कस्ता समस्या एवम् चुनौतीहरू छन्, जसले वडा १२ को विकासमा समस्या खडा गरेको छ ?
वडा नम्बर १२ को मुख्य समस्या भनेको बाढी हो । जति पनि हामी हिउँदमा बिकास गर्छांै । बर्षा याममा बाढीले क्षत बिक्षत बनाउँछ । संघ तथा प्रदेश सरकारले केशलियामा तटबन्धन बनाउने योजना राखेको जानकारी पाएको छु । केसलिया तटबन्धन बनेको खण्डमा यहाँ विकास कार्यलाई गति दिन सहज हुने थियो ।

तपाईंले वडा अध्यक्षको रूपमा आफ्नो कार्यकालमा के के उपलब्धि गर्न सक्नुभएको छ ?
म २०७४ सालमा वडा अध्यक्ष हुदाँ वडा कार्यलय जम्मा २ वटा कोठामा सिमित थियो । त्यसमा हामीलाई काम गर्न निक्कै समस्या हुन्थ्यो । मैले वडा कार्यलय बनाउन पहल गरे । मेरै कार्यकालमा वडा कार्यलय बन्यो । अहिले १९ वटा वडाहरुको तुलनामा १२ नम्बर वडा कार्यलय उत्कृष्ट रहेको छ ।
बोर्डर नजिकै हुदाँ यहाँका युवा एवम् बालबालिकाहरु सीमापारी गएर ड्रग्स, गोटी जस्ता लागुपदार्थ सेवन गर्थे । मैले जिल्ला प्रहरी कार्यलयलाई खवर गराएर उनीहरुलाई नियान्त्रणमा लिएर, उनीहरुलाई जनचेतना मुलक शिक्षा दिएर होस अथवा चौकीमा राखेर सुधार गर्ने कार्य गरेको छु र निरन्तर हामी यो कार्यमा लागी परेका छौँ ।

वडाबासीलाई आपत बिपत पर्दा त्यहाँ तपाईको उपस्थिति कस्तो छ ?
समग्र १२ नम्बर वडावासीहरु मेरा परिवार हुन् । त्यसकारण वडामा कसैलाई पनि समस्या र आपत बिपत परेको खण्डमा उनिहरुलाई सहयोग गर्न म हरदम तयार रहेको हुन्छु । त्यसका लागि म आफै पनि खटिन्छु साथै प्रहरीको सहयोगमा हरहमेसा उपस्थित रहन्छु । वडावासीलाई समस्या परे मलाई सम्पर्क गर्नको लागि मेरो नम्बर चौबिसैं घण्टा खुला रहन्छ ।

समग्रमा वडा नंवर १२ लाई तपाईले आफ्नो कार्यकालमा कस्तो बनाउन चाहानुहुन्छ ?
हाम्रा वडालाई सफा, शिक्षित, सुरक्षित र सुन्दर वडा बनाउँन चाहान्छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]

काठमाडौं, जेठ ११। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गोलाप्रथा हटाउने तयारीको विरोध गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था आए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए । यस्तो व्यवस्था आयो भने सशक्त आन्दोलन गर्ने उनको घोषणा छ । मिश्रले प्रधानन्यायाधीश नियुक्तिमा पनि […]