०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

पत्रकारले गलतलाई गलत भन्ने हिम्मत राख्नुपर्छ : रवि लामिछाने

Logo
संवाददाता जनचर्चा

काठमाडाैं,२३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्।

मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भन्दामाथि उठ्न सकेमात्रै जनताको दुःखलाई सही ढंगबाट उजागर गर्न सकिन्छ। मैले विगतमा पत्रकारिता गर्दा पनि प्रश्नै–प्रश्नै गरेको र प्रश्नभन्दा माथि आफू कहिल्यै गएको थिइनँ।’

सभापति लामिछानेले आजको समाचार सही छकि छैन भनेर जनताले संका गरिरहेको बताउँदै अहिले पत्रकार थप सचेत हुनुपर्ने बताए। पत्रकारले सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत राख्नुपर्ने उनले बताए।

‘मेरो सार्वजनिक जीवनका सन्दर्भमा बजारमा उठेका प्रश्न, लान्छनाको जवाफदिन तयार छु। कहिले–कहिले पानी धेरै भयो भने डुबाउने रहेछ। कहिले पानीले पखाल्ने पनि गर्दो रहेछ। त्यसकारण मेराबारेमा उठ्ने गरेका र उठाइएका प्रश्नबाट म आत्तिएको छैन। तर्सिएको पनि छैन। रास्वपा सत्य र निष्ठाका साथ लोकतन्त्रको पक्षमा रहेको छ। कुनै पनि मूल्यमा लोकतन्त्र नमासियोस्, नखोसियोस् भन्ने मान्यतामा हामी अडिग छौं,’ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]