२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

उद्योग संगठन मोरङ ५६औं वर्षमा प्रवेश

Logo
संवाददाता जनचर्चा

माघ २६, विराटनगर । विक्रम सम्वत् २०२४ सालमा स्थापित उद्योग संगठन मोरङले शुक्रबार आफ्नाे ५६औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ३५ युनिट रगत विराटनगर स्थित ब्लड वैंकलाई प्रदान गरेको छ ।

स्थापना दिवको अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले पूर्व अध्यक्षहरुले संगठनको वृद्धिका लागी पु¥याएको योगदानलाई स्मरण गरे । उनले संगठन पछिल्लो समय उद्यमशिलता प्रवद्र्धनको ईको सिस्टम विकास गर्नमा क्रियाशिल रहेको वताए । सोही अवसरमा अध्यक्ष सुरानाले उद्यमशिलता विकासमा आफनो भविष्य वनाउन चाहने आर्थिक रुपमा कमजोर लगनशिल र मेहनती एकजना विधार्थीलाई विराटनगरको डिग्री क्याम्पसमा एम।वि।ए अध्ययन गर्न पूर्ण स्कलरशिप प्रदान गर्ने घोषणा समेत गरे । उनले उक्त विद्यार्थीलाई संगठन अन्तर्गतको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रममा समावेश गरि उद्यमशिलता विकासका लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने समेत उद्घोष गरे ।
५६औं स्थापना दिवसको अवसरमा शुभकामना दिदै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले व्यापार संघ र संगठनले उद्योगी व्यवसायीहरुको राष्ट्रिय मुद्दाहरुमा सहकार्य गर्दै आएकोमा खुशी व्यक्त गर्दै अगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

संगठनका कार्यसमिति सदस्य एवं ५६औं स्थापना दिवस कार्यक्रम आयोजना समितिका संयोजक जयेन्द्र शर्माले आर्थिक एवं औद्योगिक विकास प्रतिवद्ध संगठनको संस्थागत विकासमा सहयोग पु¥याउनु हुने सबैलाई धन्यावाद दिए ।

स्थापना दिवश अवसरमा आयोजित कार्यक्रममा संगठनका पदाधिकारीकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, मोरङ व्यापार संघ र विराट व्यापार संघका अध्यक्ष एवं पदाधिकारी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]