०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

उद्योग संगठन मोरङ ५६औं वर्षमा प्रवेश

Logo
संवाददाता जनचर्चा

माघ २६, विराटनगर । विक्रम सम्वत् २०२४ सालमा स्थापित उद्योग संगठन मोरङले शुक्रबार आफ्नाे ५६औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ३५ युनिट रगत विराटनगर स्थित ब्लड वैंकलाई प्रदान गरेको छ ।

स्थापना दिवको अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले पूर्व अध्यक्षहरुले संगठनको वृद्धिका लागी पु¥याएको योगदानलाई स्मरण गरे । उनले संगठन पछिल्लो समय उद्यमशिलता प्रवद्र्धनको ईको सिस्टम विकास गर्नमा क्रियाशिल रहेको वताए । सोही अवसरमा अध्यक्ष सुरानाले उद्यमशिलता विकासमा आफनो भविष्य वनाउन चाहने आर्थिक रुपमा कमजोर लगनशिल र मेहनती एकजना विधार्थीलाई विराटनगरको डिग्री क्याम्पसमा एम।वि।ए अध्ययन गर्न पूर्ण स्कलरशिप प्रदान गर्ने घोषणा समेत गरे । उनले उक्त विद्यार्थीलाई संगठन अन्तर्गतको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रममा समावेश गरि उद्यमशिलता विकासका लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने समेत उद्घोष गरे ।
५६औं स्थापना दिवसको अवसरमा शुभकामना दिदै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले व्यापार संघ र संगठनले उद्योगी व्यवसायीहरुको राष्ट्रिय मुद्दाहरुमा सहकार्य गर्दै आएकोमा खुशी व्यक्त गर्दै अगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

संगठनका कार्यसमिति सदस्य एवं ५६औं स्थापना दिवस कार्यक्रम आयोजना समितिका संयोजक जयेन्द्र शर्माले आर्थिक एवं औद्योगिक विकास प्रतिवद्ध संगठनको संस्थागत विकासमा सहयोग पु¥याउनु हुने सबैलाई धन्यावाद दिए ।

स्थापना दिवश अवसरमा आयोजित कार्यक्रममा संगठनका पदाधिकारीकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, मोरङ व्यापार संघ र विराट व्यापार संघका अध्यक्ष एवं पदाधिकारी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]