०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

धनकुटा बजारमा अव्यवस्थित तवरले राखिएका सामान नगर प्रहरीद्वारा जफत

Logo
संवाददाता जनचर्चा

धनकुटा, ३ फागुन । धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए । ‘पसल क्षेत्रभन्दा बाहिर सामान नराख्न हामीले पटक–पटक आग्रह गरेका छौं,’ नगर प्रहरी प्रमुख खत्रीले भने, ‘पटक–पटक भन्दा पनि नमानेर अटेर गर्नेहरुको सामान जफत गरेका हौं ।’

बसपार्कमा व्यापारीहरुले पसल भन्दा बाहिर कपडा टाँगेर बिक्रीका लागि सामान राख्ने गरेका छन् । त्यसरी टाँगेर राखिएका कपडासहित बाहिर पसल थापेर राखिएको बिस्कुट, छुर्पी, बदाम, चिप्स लगायत सामान नगर प्रहरीले नियन्त्रणमा लिएको छ । सिरवानीस्थित सब्जिलाइनमा पनि पसल भन्दा बाहिर राखिएको टमाटर, आलु, साग लगायत तरकारीहरु जफत गरिएको नगर प्रहरी प्रमुख खत्रीले बताए । उनका अनुसार हुलाकटोलस्थित चुवाको बोट क्षेत्रको कपडा पसल बाहिर राखिएका कपडा पनि जफत गरिएको छ ।

नगरलाई सफा र व्यवस्थित बनाउँन नगरपालिकाले अभियान चलाइरहेको छ । सबैको साथ सहयोगले मात्र नगर क्षेत्रलाई व्यवस्थित बनाउँन सकिने भएकाले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न मेयर चिन्तन तामाङले नगरबासीहरुलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]