०३ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

धनकुटा बजारमा अव्यवस्थित तवरले राखिएका सामान नगर प्रहरीद्वारा जफत

Logo
संवाददाता जनचर्चा

धनकुटा, ३ फागुन । धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए । ‘पसल क्षेत्रभन्दा बाहिर सामान नराख्न हामीले पटक–पटक आग्रह गरेका छौं,’ नगर प्रहरी प्रमुख खत्रीले भने, ‘पटक–पटक भन्दा पनि नमानेर अटेर गर्नेहरुको सामान जफत गरेका हौं ।’

बसपार्कमा व्यापारीहरुले पसल भन्दा बाहिर कपडा टाँगेर बिक्रीका लागि सामान राख्ने गरेका छन् । त्यसरी टाँगेर राखिएका कपडासहित बाहिर पसल थापेर राखिएको बिस्कुट, छुर्पी, बदाम, चिप्स लगायत सामान नगर प्रहरीले नियन्त्रणमा लिएको छ । सिरवानीस्थित सब्जिलाइनमा पनि पसल भन्दा बाहिर राखिएको टमाटर, आलु, साग लगायत तरकारीहरु जफत गरिएको नगर प्रहरी प्रमुख खत्रीले बताए । उनका अनुसार हुलाकटोलस्थित चुवाको बोट क्षेत्रको कपडा पसल बाहिर राखिएका कपडा पनि जफत गरिएको छ ।

नगरलाई सफा र व्यवस्थित बनाउँन नगरपालिकाले अभियान चलाइरहेको छ । सबैको साथ सहयोगले मात्र नगर क्षेत्रलाई व्यवस्थित बनाउँन सकिने भएकाले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न मेयर चिन्तन तामाङले नगरबासीहरुलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनले पार्टीको उपसभापतिमा फरमूल्लाह मन्सुरको नाम टुङ्गो लगाएको छ । निर्वाचन समितिका एक अधिकारीले बताएअनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जिम्मा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । उनले कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था रहेको र सोमध्य एक जनाको […]

काठमाडौँ,३० पुस। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि ५ वर्षे कारबाहीको घोषणा गर्दै पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ। आयोग स्रोतका अनुसार बुधबार अपराह्न दर्ता भएको पत्रमा देउवा पक्षले तीन नेतालाई कारबाही गरिएको जानकारी समावेश गरिएको छ। कारबाहीमा परेका नेताहरूले भने बहुमत विशेष महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेकाले […]