२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी

तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ। ४० वर्षीय अल्भेसलाई जेल सजाय भुक्तान गरेको पाँच वर्षपछि सम्म पनि निगरानीमा राख्न अदालतले आदेश गरेको छ
Logo
जनचर्चा संवाददाता

बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस

बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी ठहरिएका छन्।

२०२२ डिसेम्बर ३१ मा बार्सिलोनाको नाइट क्लबमा युवतीमाथि भएको बलात्कार घटनामा बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले अल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको कैद सजाय सुनाएको हो।

तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ।

४० वर्षीय अल्भेसलाई जेल सजाय भुक्तान गरेको पाँच वर्षपछि सम्म पनि निगरानीमा राख्न अदालतले आदेश गरेको छ भने ९ वर्षसम्म उनीसँग कुनै पनि माध्यमबाट कुराकानी गर्न प्रतिबन्ध लगाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]