१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा खुल्यो सबै जातिको पोषाक एकै छतमुनि पाईने पहिलो स्टोर

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २४ । विराटनगरमा सबै जातजातिको पहिरनहरु एकै छानामुनि पाइने पहिलो स्टोरको खुलेको छ । महिविर रोडको मुखैमा खुलेको न्यू राष्ट्रिय पोषाक घरले नेपालको विभिन्न जातिय पहिरनको बिक्रि शुरु गरेको हो ।

बिहिबार न्यू राष्ट्रिय पोषाक घरको ग्राण्ड ओपोनिङ समेत भएको छ । आपेनिङको साताभरि स्टोरले ग्राहकलाई १५ प्रतिशत छुटदिने योजना समेत ल्याएको छ । सो स्टोरमा मगर, गुरुङ, सेर्पा, तामाङ, राई, लिम्बु लगाएत विभिन्न जातजातिले लगाउने पोशाक राखिएको छ । स्टोरले रेडिमेड पोषाक राख्नुको साथै, ग्राहकको नाप अनुसार पनि जातिय पोशाक बनाईदिने गरेको छ ।

विराटनगरमा विभिन्न जातजातिका पोशाक पाइने भरपर्दो स्टोरको खाँचोलाई मध्यनजर गर्दै न्यू राष्ट्रिय पोषाक घरका खोलिएको संचालक मास्टर अलाहुदिन अन्सारी बताउँछन् । “जातिय पोशाक पाउने स्टोर विराटनगरमा एकदमै न्युन छन् त्यसमाथि एकै ठाँउमा सबै जातजातिको पोशाक पाईने यो नै पाहिलो स्टर हो” मास्टर अन्सारी भन्छन् “जातिय पोशाक बनाउने बेच्ने फाटफुट पसलहरु त छन् तर कुन जातिको पोशाक कुन पसलमा पाईन्छ र त्यो पसल कँहा छ प्रायलाई थाहा हुदैन । सोही कारण सबै जातिको पोशाक एकै पसलमा पाईने गरि हामीले महाबिर रोडमा न्यू राष्ट्रिय पोशाक घर खोलेका हौं ।”
मास्टर अलाहुदिन अन्सारीले विगतको तिन दशक देखि विराटनगरको बाटारोडमा न्यू समिर टेलिरिङ समेत चलाउँदै आएका छन् । र विगतको दुई वर्षयता बाटारोडमै राष्ट्रिय दाउरा शुरुवाल नामक सर्टिङ–सुटिङ लगाएत वैवाहिक पहिरनको कपडा तथा पोशाक बनाउने–बच्ने स्टोर पनि संचालन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]