३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

भीमेश्वर तीन अवतार

Logo
जनचर्चा संवाददाता

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ ।

विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक नेवारी मातृभाषा प्रचलनमा रहेको छ । मल्लकालमा डेढसय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।

द्वापर युगमा महाभारतकालीन पाण्डुपुत्र पाण्डवमध्ये एक भए पनि भीमसेन वीर तथा वायुपुत्र हुनाले शिवका अंश समेत रहेको देवताका रुपमा पुज्य छन् । भीमसेन जात्राको परम्परा विभिन्न ठाउं विशेष विभिन्न रुपमा चलाउँदैं र मनाउँदैं आएको भएतापनि दोलखा भीमेश्वरको आफ्नै छुट्टै खालको मौलिकता र बिशेषता रहि–आएको पाइन्छ ।

त्यसताका रुप–सौन्दर्यले युक्त विराटको दरबारमा राज्यको प्रमुख सेनापति किच्चक थियो । एक पटक राजा विराटको साला माथि कामुक दृष्टि प¥यौ त्यसलाई भीमसेनले सहने कुरै थिएन । फलस्वरुप भीमसेनको हातबाट किच्चक मारियो, साथै किच्चक बधका क्रममा उनलाई लखेट्दै भीमसेन दोलखा पुगे, जहा“ त्यसबेला घनघोर जंगल थियो । किच्चकलाई मार्नलाई मात्र होइन कौरब पक्षको संहार गर्न भीमसेनले महादेव र भगवतीको आराधना गरे भीमसेनको आराधनाबाट महादेवको रुद्र रुप र भगवतीको अंश पनि उनमा बिलय भयो ।

कालान्तरमा पराक्रमी भीमसेनको शिला उत्पति भयो र यसै शिलालाई भीमेश्वरको रुपमा लिई पूजा–आजा गर्ने चलन रहेको छ भन्ने यहाँको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । भीमसेनले महादेव र भगवतीको आराधना गर्ने बेलामा आफ्ना अनुचरहरुसित बोल्न बेग्लै भाषाको प्रयोग गरेका थिए ।

यसरी भीमसेनले जुनबेला अनुचरहरु सित बोल्ने बेग्लै भाषा हाल दोलखाली नेवार समूदायले आफ्नो मातृभाषाको रुपमा बोल्दै आएको छन् । यो नेपाल भाषा उपत्यकाका तीन शहरहरुमा बोलिने नेपाल भाषा भन्दा भिन्न एवं पुरानो भाषा रहेको मान्यता रहेको छ जुन तथ्यलाई ईतिहास तथा संस्कृतविद् शताब्दी पुरुष दिवंगत डा.सत्यमोहन मोहन जोशीज्युले आफ्नो अभिव्यक्ति दिई पुष्टी गरी सक्नु भएको छ ।

भीमेश्वर तीन अवतार :

दोलखा जिल्लामा मात्र नभएर नेपाल राज्य लगायत छिमेकी विदेशी मुलुकहरुमा समेत दोलखा भीमेश्वरले प्रशिद्धिता पाइसकेको छ । भीमेश्वरलाई एक शिला तीन अवतार मानि पुजा गरिन्छ । यसरी एक शिलालाई तीन अवतार मानी पुजा–आजा गर्दा पूजाको स्वरुप फरक फरक हुन्छ ।

भीमेश्वरलाई रुद्री पूजा गर्दा महादेवको रुप मानिन्छ, बलि चढाउँदा दुर्गा, भगवतीको रुपमा लिइन्छ भने अरु बेला भीमेश्वर (भीमसेन) को रुपमा पुजिने चलन रहेको छ । यसरी भीमेश्वरलाई हरेक दिन बिहानको ४ बजे नित्य पहिलो पूजा गर्ने चलन रहेको छ । यही समयदेखि मन्दिरको मुलढोका खोलिन्छ । पूजा गर्दा भीमेश्वरलाई ढिकीले कुटेको चामल चढाईदैन, ओखलमा कुटेको चामल मात्र चढाउने प्रचलन रहेको छ । बिहानको नित्य पहिलो पूजा सिद्धिएपछि बिहानको १० बजेसम्म बलीपूजा दिने चलन छ र यस बेला भीमेश्वरको शिलामा दुुर्गा भगवतीको ईश्वरत्व रहेको हुन्छ भन्ने मान्यता रहेको छ । यसपछि अर्थात बलीपूजा सिद्धिएपछि दिउँसो मध्यान्ह पूजा नहुन्जेलसम्म रुद्री पुजा गर्ने चलन रहेको छ । यस बेला भीमेश्वरको शिलामा महादेवको इस्वरत्व रहेको हुन्छ भन्ने मान्यता रहेको छ । दिउंसो २ बजे देखि ३ बजेभित्र मध्यान्ह–पूजा गरिन्छ । यी दुई समयमा बाहेक अन्य समयमा भीमेश्वरको इश्वरत्व शिलामा रहेको हुन्छ भन्ने जनविश्वास रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]