०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

नोबल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका

Logo
जनचर्चा संवाददाता

विराटनगर,३ चैत्र ।  विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थो बिभागमा कार्यरत २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ ।

सिरहाको फुल्काहकट्टी घर भएकी नर्स दास विराटनगर विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्ने गरेकी थिइन् । उनको आज दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको छ ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । हत्या संलग्न भएका व्यक्तिले चाबी दासको साथीलाई दिएर फरार भएका छन् ।

घटनापछि दासका प्रेमी भनिएका युवा फरार छन् । उनी २९ फागुनमा सिरहादेखि विराटनगरमा आएको देखिएको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले बताए । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ । अहिले घटनाको अनुस्न्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ । पोस्मार्टम रिपोर्ट र थप अनुसन्धानपछि अरु विषय खुल्नेछ ,’ उनले भने ।

नर्स दासका साथीहरूका अनुसार उनका दुई जना प्रेमी थिए। ‘एक जना सीएमए र अर्को विदेशमा भएको २२–२३ वर्षीय पुरूष । उनीहरूको प्रेम सम्बन्धनमा दरार उत्पन्न भएपछि हत्याको रूपमा लिएको हुनसक्ने अनुसन्धानबाट देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृत भन्छन्, ‘हामीले त्यही अनुरूप अनुसन्धान गर्दै अगाडी बढेको छौं ।’ दुई मध्ये कुन प्रेमीले हत्या गरेको हो भन्ने खुलिसकेको छैन । प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेकोले प्रेमीको नाम अहिले गोप्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]