०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

विराटनगरमा शुक्रवार “हिलटन रेष्ट्राे” शुभारम्भ

शुभारम्भमा १० प्रतिशत छुटको व्यवस्था
Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत १३ । विराटनगर ३ दुध फारम नजिक हाइवेमा रहेकाे हिलटन रेष्ट्राेको शुभारम्भ आउँदो शुक्रवार हुने भएको छ । सो कुराको जानकारी संचालक चमेशराज ढकालले दिएका छन् । हाललाई कुनै तामझाम विना सामान्य तरिकाले सफ्ट ओपेनिङ गर्न लागिएकाे संचालक ढकालले जानकारी दिएका छन् ।

संचालक ढकालका अनुसार  दुबईमा लामाे समय काम गरेर फर्किएका सेफ र लण्डनकाे हाेटल रेष्टुरेण्टका अनुभवी व्यवस्थापनले याे हिल्टन रेष्ट्राेलाई चलाउने छन् ।  यहाँ कन्टिनेन्टल, चाईनिज, इण्डियनका साथै स्थानीय परिकारहरु उपलब्ध हुने बताईएकाे छ ।  मटन र चिकेनमा पक्कु , सेकुवा, बाेयल लगायतका परिकारहरु हिलटनमा राखिने भएकाे छ । र भारतीय परिकारहरु बनाउनकाे लागी अनुभवी कुक समेत राखिएकाे रेष्ट्राे व्यवस्थापनले जानकारी दिएकाे छ ।  साथै हिलटनमा भेजिटेरियनहरुलाई लक्षित गरी अलग्गै किचेनकाे व्यवस्था समेत गरीएकाे छ ।

अरुभन्दा फरक, स्वादिष्ट, आधिकारीक खाना र अर्गानिकतानै हिलटनको प्रमुख विशेषता रहने कुरा पनि संचालक ढकालको दावी छ । दावीमा खरो उत्रिने ढकाल बताउँछन् । ढकाल भन्छन्  ” यस रेष्ट्राेमा आउने , मज्जाले खाने अनि अगाएर जाने , यहीनै हिलटनको विशेषता रहनेछ ।” खसीको विविध परिकारका अलावा अन्य खानाका धेरै परिकारहरु यहाँ उपलब्ध हुने कुरा पनि ढकालले जानकारी दिएका छन् ।

संचालक ढकाल कुनै समयताका लण्डन पढ्न भनी गएको कुरा स्मरण गर्दै भन्छन्  “३ बर्ष पढाइको सिलसिलामा म लण्डनमा रहे । त्यहाँ रहँदा , होटलमै काम गरे । होटलको पनि किचेन क्षेत्रनै सम्हाले । यहीँ क्षेत्रतिर बढी लगाव भएका कारण समेत आफुले आफ्नै माटोमा केही गर्नुपर्छ भनेर होटल व्यवसायनै शुरु गर्न लागेको हुँ ।”

रु १० करोड (घडेरी–कन्स्ट्रक्सन समेत) आसपास लगानी रहेको यस रेष्ट्राे साच्चैनै शानदार राम्रो , पूर्ण त पारिवारिक बनेको छ । यँहा विषेशगरी परिवारहरुकाे लागी छुटै एसी जडित रेस्टुरेण्ट समेत बनाईएकाे छ ।  साथीभाई र इस्टमित्र सँग जमघट गर्नकाे लागी पनि हिलटनमा ओपन रेस्टुरेण्ट समेत निर्माण गरिएकाे छ ।  होटलमा शुरुवात चरणमा १५ जना स्टाफ राखिएको छ । आउँदो शुक्रवार शुभारम्भका दिन प्रत्येक आइटममा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]