२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

बोटबिरुवाको स्याहारमा विराटनगरको दर्शन नेपाल सक्रिय

Logo
निरज बस्नेत

विराटनगर, चैत १९ । दर्शन नेपाल निःशुल्क अभियानले विराटनगरमा वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको छ । दर्शन नेपालका एक दर्जनभन्दाबढी  सदस्यले शनिबार रोडशेषबाट वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको हो ।

कोरोनाकालदेखि विभिन्न समाजिक काम गर्दै आएकोे सो अभियानले विराटनगरको सौन्दर्यलाई बचाई राख्न उक्त कार्य शुरु गरेको अभियानका अध्यक्ष दिपक ढकालले बताए । हाईवे क्षेत्रमा सौन्दर्यकरणको लागि पहिलेदेखिनै रोपिएका तर हेरचाह नहुदाँ सुक्न पुगेका बोटबिरुवालाई पहिलो चरणमा जलमल गर्ने ढाकलको योजना छ । दास्रोचरणमा भने खाली ठाँउहरुमा नँया वृक्षारोपण गरी विराटनगरलाई हराभरा बनाउने अभियोनको लक्ष्य रहेको अध्यक्ष ढाकलले बताए ।

ढकालकै नेतृत्वमा अभियानले विराटनगरमा निःशुल्क शव बहान समेत संचालन गरिरहेको छ । त्यसबाहेक पनि क्यान्सर, मुटु रोग, मृगौलाका रोग लगाएतका गम्मभीर बिरामीसँग संर्घष गरिरहेकाहरुलाई पनि यस अभियानले सहयोग जुटाउँदै आएको छ । कारोनाकालको बेलापनि विराटनगरमा हजार बढी घरलाई निशुल्क सेनिटाईज गरी सो अभियानले चर्चा कमाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]