३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

घरेलु टोली सांग्रीला विराट गोल्डकपकाे फाइनलमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत २१ । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
सडनडेथमा आशिष चापागाई, अविशेक लिम्बु, उमेश कार्की र किरन राईले गोल गरे । सांग्रीलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार एपीएफका गोलकिपर एन्जल श्रेष्ठ उत्कृष्ट बचाए ।
एपीएफको तर्फबाट दिपेश धिमाल,कुलदिप कार्कीको प्रहार सांग्रीलाका गोलकिपर बिशाल सुनारले सानदार तरिकाले बचाउ गरिदिए । एपीएफको तर्फबाट अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरेका थिए ।
सांग्रीलाले उपाधिको लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने बिजेता टिमसँग खेल्नेछ ।

एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।
पहिलो सेमिफाइनलमा एपीएफ र सांग्रीलाले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनल खेलबाट छैटौं संस्करणको विजेता टिम एपीएफ घर फर्कन बाध्य भयो ।
सांग्रीलाका आशिष चौधरीले खेल सुरू भएको १६ औंमिनेटमा गरेको कडा प्रहार एपीएफका गोलकिपर अन्जन श्रेष्ठले उत्कृष्ट बचाए । त्यसलगतै विदेशी खेलाडी स्याङले गरेको प्रहार पनि किपर श्रेष्ठले बिफल पारीदिए ।
एपीएफका अनिष महर्जनले २५औं मिनेटमा डिबक्स भित्रबाट गरेका कडा प्रहार बाहिरयो । ६४ मिनेटमा एपीएफका विदेशी खेलाडी जोनले गरेको बारमाथिबाट बाहिरयो ।
घरेलु दर्शकको साथ पाएको सांग्रीलाले थुप्रै गोल गर्ने अवसर चुकाउँदा जित हात पार्न सडनडेथ पर्खिनुपर्यो । दोस्रो हाफमको ६५ औं मिनेटमा विदेशी खेलाडी स्याङको प्रहार एपीएफका किपर अन्जन श्रेष्ठले उत्कृष्ट बचाए । थप गरिएको अतिरिक्त समयको १०२ औं मिनेटमा सांग्रीलाका आशिष चापागाइले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर बाहिरयो ।
जितमा सांग्रीलाका गोलकिपर बिशाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले निर्धिारित र अतिरिक्त समयको आधा दर्जन बढी एपीएफको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई फाइनलको यात्रा गराए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया पुरस्कार पाए ।
जितपछि घरेलु टोली सांग्रीलाका प्रशिक्षक रानु राना मगरले विभागीय टोली बलियो भएपनि पुरा समय हामीले नियन्त्रण गर्न सफल भएको बताए । ‘निर्धारित समयमा गोल हुन नसक्नु हाम्रो पनि कमजोरी हो । आउँने म्याचमा सुधार गर्नेछौं,’ उनले भने, ‘बिहीबार हुने दोस्रो सेमिफाइलनमा सिक्कमले जित हात पारे हामीलाई सहज हुने थियो ।’
यता हारपछि एपीएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीहरुले पाएको गोल गर्ने अवसर चुकाउँदा पराजय भोग्नु परेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]