१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

डा. खड्का सम्मानित

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत २६ । मोरङ उद्योग व्यापार संघले आफ्नाे ६७औं वार्षिक साधारण सभामा वरिष्ठ फिजिसियन डा. राेशन खड्कालाई सम्मान गरेको छ । चिकित्सा क्षेत्रकाे माध्यमबाट नागरिकलाई प्रदान गरेकाे सेवाकाे उच्च मुल्याङ्कन गर्दै डा खड्कालाई संघले सम्मान गरेको हाे ।

साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले डा.खड्कालाई सम्मान पत्र प्रदान गरेका थिए । काेरानाकाल खण्डमा निर्भिक ढंगले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराई डा.खड्काले चर्चा बटुलेका थिए । उनले चिकित्सा पेशालाई व्यवसायीभन्दा सेवाभाव संझी  विरामीहरुलाई सरल तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। उनी हाल विराटनगरकाे काेशी अचंल अस्पताल र माेरङ्ग सहकारी अस्पतालमा कार्यरत्त छन् । 

डा. खड्का बाहेक संघको साधारण सभामा समाजसेवी दिनबन्धु गाेयल, समाजसेवी भगवानलाल साह, डा. प्रदिप गुप्ता, चर्चित राष्ट्रिय गायक सुमित खड्का र प्राध्यापक डिएन चौधरी पनि सम्मानित भएका छन्  । साे सभाले मोरङ व्यापार संघको नाम परिवर्तन गरेर “मोरङ उद्योग व्यापार संघ” नामाकरण समेत गरेकाे छ । कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाले मोरङ उद्योग व्यापार संघ नामाकरण बोर्डको अनावरण गरेका थिए ।

साधारण सभामा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सार्क चेम्बर अर्फ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष डा. पवनकुमार सारडा, उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुराना र विराट व्यापार संघका अध्यक्ष अन्शु वंजारा लगाएतकाे उपस्थिती रहेकाे थियाे । 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]