१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आईतबार कञ्चनबारी महोत्सवमा मेलिना राई आउँदै

Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख १ । विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सवमा आईतबार प्रसिद्ध गायिका मेलिना राई आउने भएकी छिन् । यस अघि कलाकार प्रिति पासवान, गायक महेश काफ्ले, सुमित खड्का, अन्जु गाैतम, तृष्णा गुरुङ लगाएतले यस मेलामा प्रस्तुती दिईसेकका छन् । मेलिना राईले पिरिम नलाउने, नाच फिरीरी, सिरैमा सरबन्दी लगाएतकाे दर्जनाैं हिट गानामा स्वर दिएकी छिन् ।

‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ विराटनगरकाे आयलनिगम कञ्चनबारीमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी जारी छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा भएको मेला चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुदैछ । मेलाकाे आयाेजना साझा प्रयास नेपालले गरिरहेको छ । मेलामा ८० व्यापरिक स्टल छन्  । र दैनिक सांस्कृतिक एवं मनाेरञ्नात्मक प्रस्तुतीहरु पनि हुने गरेका छन् । मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत राखिएको छ ।

संस्थाकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाउने आशा ब्यक्त गरिन । महिलाहरुमात्र सामेल भएर गरिएको प्रदर्शनी स्थललाई फरक शैलीबाट नयाँपन दिन लागिएको दावी खड्काले गरिन् । मेलामा ३ लाख बढीले अवलोकन गर्ने र झण्डै ६० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ । योग्य र उचित स्थानमा मेला आयोजना भएकोले भव्यरुपमा सम्पन्न हुने आशा आयोजकको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]