२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

नेपाल लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस भव्य रुपमा मनाउने

Logo
जनचर्चा संवाददाता

काठमाडौं, वैशाख १३। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा विहीवार काठमाडौंमा बसेको कार्य सम्पादन समितिको बैठकले स्थापना दिवसको अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको महासचिव दीपक गुरुङले जानकारी दिए । गुरुङलाई नै उक्त कार्यक्रम व्यवस्थापन गर्नका लागि संयोजकको जिम्मेवारी पनि कार्यसम्पादन समितिले दिएको छ ।

२०७१ सालमा नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना भए पनि नेपाली कांग्रेसले २०७९ साउनमा भ्रातृ संस्थाको मान्यता दिएको थियो । यस्तै, शुक्रबारदेखि नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्टस् क्लबको संयुक्त आयोजनामा १९ गते सम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपमा आयोजना हुने नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग बुद्धिचाल प्रतियोगिता भब्य र सभ्य रुपमा सफल पार्न संघका केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई अवनिवार्य उपस्थितीका साथै आ–आफ्नो तर्फबाट यथासक्य सहयोग पनि निर्णय गरिएको छ ।

बुद्धिचाल प्रतियोगिताका दौरान नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य स्वर्गिय राजेश हरि जोशीलाई मरणोप्रान्त र टेबल टेनिसका संस्थापक प्रशिक्षक एवं पूर्व मुख्य प्रशिक्षक रमेश राज जोशीलाई सम्मान गर्ने निर्णय पनि गरिएको छ ।
कार्यसम्पादन समितिले लोकतान्त्रिक संघको अधिवेशनको खाका पनि अनुमोदन गरेको छ । जस अनुसार केन्द्रीय महाधिवेशन २०८१ माघ ३० गतेभित्र सम्पन्न गर्ने गरी तालिका पारित गरेको हो । जस अनुसार वडा इकाई अधिवेशन भदौ २१ गतेसम्म सम्पन्न गर्ने मिति तय गरिएको छ भने पालिका अधिवेशन भदौ ३१ सम्ममा सम्पन्न गर्ने उल्लेख छ । त्यस्तै, असोज ३० गतेसम्म क्षेत्रीय (प्रदेश सभा तथा संसदीय निर्वाचन) अधिवेशन गर्ने र जिल्ला अधिवेशन कार्तिक ३० गतेभित्र सम्पन्न गर्ने उल्लेख छ । त्यसैगरी प्रदेश अधिवेशनका लागि मंसिर ३० सम्मको समय तोकिएको छ भने केन्द्रीय महाधिवेशन माघ ३० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता दामोदर अर्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]