१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मोरङको वयरवनमा मिनि महाेत्वसव हुने

Logo
जनचर्चा संवाददाता

कानेपोखरी , १ जेष्ठ । मोरङको कानेपोखरी ४ स्थित वयरवनमा प्रथम मिनि महोत्सव २०८१ हुने भएको छ । जेठ ३ गते देखि २४ गते सम्म सञ्चालन हुने साे मिनि महोत्सव वयरवनस्थित खोरिया जाने बाटोमा मेला लाग्नेछ । मंगलबार आयोजक श्री मातृ भुमी समाजसेवा युवा क्लबले वयरवनमा  पत्रकार सम्मेलनकाे आयाेजन गरी साे महाेत्वबारे जानकारी गराएकाे हाे ।

उक्त महत्सवकाे  व्यवस्थापन लोटस इन्टरटेन्डमेन्ट प्रालि दमकले गर्ने भएकाे छ । साे महाेत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुका साथै स्थानीय प्रतिभाहरुकाे प्रस्तुती रहने साे मेलाका प्रचार प्रसार  संयोजक सन्दिप खत्रीले जानकारी दिए । महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, ड्राइगन रेस लगायतका  खेलहरु समेत समावेश गरिने आयोजक श्री मातृ भुमी युवा क्लबका अध्यक्ष लिला बहादुर बुढाथोकीले जानकारी गराए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]