२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङमा चल्याे गोली, लागु-औषध कारोबारी पक्राउ

Logo
जनचर्चा संवाददाता

रंगेली, जेठ २ । मोरङको रतुवामाई नगरपालिका -६ कादुपाडामा प्रहरीले लागु औषधी  कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ गर्न खोज्दा प्रहरीले दुई राउन्ड गोली समेत चलाएको छ । एक भारतीय नागरिकलाई दाईने खुट्टामा दुई गोली लागेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने भारत किशनगंज धावा टोल घर भएका ३४ वर्षीय भागिरथ हरिजन घाइते भएका छन् । उनको खुट्टाको हड्डि भाचिएर उपचार भईरहेको प्रहरीले जनाएको छ । भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको र हरिजनको अहिले उर्लाबारी स्थित अरनीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भारतीय स्रोतका अनुसार भारतको किशनगंज घर भनेता पनि निजको घर अन्यत्र भएको हुन सक्ने र निजको आधारकार्ड समेत डुव्लिकेट भएको हुन सक्ने समाचार स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]