२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

महानगर र विराटनगरका सामुदायिक विद्यालयबिच कार्यसम्पादन सम्झौता

Logo
जनचर्चा संवाददाता

विराटनगर, २९ जेठ / विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयप्रति पछिल्लो समय अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले करार सम्झौतापछि महानगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि प्रअहरूले सक्रियता बढाउँदै प्रभावकारी भूमिका गर्नुपर्नेमा जोड दिनुभयो । महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तरसँगै भौतिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि सम्झौता गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

महानगर र प्रअहरूबीच ४२ बुँदे सम्झौता भएको छ । जसमा कक्षा ५, ८ र १० को औषध जीपीए ३ भन्दा माथि पु¥याउने, विद्यालयमा सबै कक्षा, तह र विषयको पाठ्यक्रम, शिक्षक निर्देशिकाको प्रबन्ध गर्ने, सबै कक्षामा शिक्षक लकबुकको राखी प्रयोग गर्ने, महानगरले तयार पारेको शैक्षिक कार्यपात्रोको पूर्ण कार्यान्वयन गर्ने, प्रअ र शिक्षकहरूबीच कार्यसम्पादन करार सम्झौता गर्ने, विद्यालयको वार्षिक बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने , वर्षको कम्तिमा दुईपटक अभिभावक भेला गर्ने, खेल्दै सिक्दै कार्यक्रम पूर्ण कार्यान्वयन गर्नेलगायत सम्झौता उल्लेख छ ।

सम्झौतापत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुली र सामुदायिक विद्यालयका प्रअहरूले हस्ताक्षर गरेका थिए । सो अवसरमा आधारभूत तह कक्षा १–५ को प्रअका तर्फबाट संजीव घिमिरे, आधारभूत तह कक्षा ६–८ का तर्फबाट राजेश यादव र मावि तहका तर्फबाट खेमराज भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महानगर क्षेत्रभित्र ५६ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा रहेको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो । ती विद्यालयमा करिब ३० हजार विद्यार्थी अध्ययनरत छन् । अनुगमनका क्रममा पछिल्लो समय धेरै सामुदायिक विद्यालयले शैक्षिक र भौतिक सुधारका पक्षमा उल्लेखनीय प्रगति भएको संयोजक भट्टराईले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]