१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

महानगर र विराटनगरका सामुदायिक विद्यालयबिच कार्यसम्पादन सम्झौता

Logo
जनचर्चा संवाददाता

विराटनगर, २९ जेठ / विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयप्रति पछिल्लो समय अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले करार सम्झौतापछि महानगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि प्रअहरूले सक्रियता बढाउँदै प्रभावकारी भूमिका गर्नुपर्नेमा जोड दिनुभयो । महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तरसँगै भौतिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि सम्झौता गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

महानगर र प्रअहरूबीच ४२ बुँदे सम्झौता भएको छ । जसमा कक्षा ५, ८ र १० को औषध जीपीए ३ भन्दा माथि पु¥याउने, विद्यालयमा सबै कक्षा, तह र विषयको पाठ्यक्रम, शिक्षक निर्देशिकाको प्रबन्ध गर्ने, सबै कक्षामा शिक्षक लकबुकको राखी प्रयोग गर्ने, महानगरले तयार पारेको शैक्षिक कार्यपात्रोको पूर्ण कार्यान्वयन गर्ने, प्रअ र शिक्षकहरूबीच कार्यसम्पादन करार सम्झौता गर्ने, विद्यालयको वार्षिक बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने , वर्षको कम्तिमा दुईपटक अभिभावक भेला गर्ने, खेल्दै सिक्दै कार्यक्रम पूर्ण कार्यान्वयन गर्नेलगायत सम्झौता उल्लेख छ ।

सम्झौतापत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुली र सामुदायिक विद्यालयका प्रअहरूले हस्ताक्षर गरेका थिए । सो अवसरमा आधारभूत तह कक्षा १–५ को प्रअका तर्फबाट संजीव घिमिरे, आधारभूत तह कक्षा ६–८ का तर्फबाट राजेश यादव र मावि तहका तर्फबाट खेमराज भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महानगर क्षेत्रभित्र ५६ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा रहेको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो । ती विद्यालयमा करिब ३० हजार विद्यार्थी अध्ययनरत छन् । अनुगमनका क्रममा पछिल्लो समय धेरै सामुदायिक विद्यालयले शैक्षिक र भौतिक सुधारका पक्षमा उल्लेखनीय प्रगति भएको संयोजक भट्टराईले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]