०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विज्ञान पढ्न अरनिकोमा भीड: प्रवेश परीक्षामा विद्यार्थीको बाढी

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन २२ – देशकै प्रख्यात शैक्षिक संस्था अरनिको माविमा कक्षा ११ को भर्नाका लागि विद्यार्थीहरूको अत्यधिक चाप देखिएको छ। विशेषगरी विज्ञान संकायतर्फ भर्ना हुन चाहने विद्यार्थीहरूको संख्या उल्लेखनीय रहेको छ। बुधबार सम्पन्न भएको प्रवेश परीक्षामा विज्ञान विषयका ८०० सिटका लागि १,९०३ जना विद्यार्थीहरूले परीक्षा दिएका छन्। यसले अरनिको माविप्रति विद्यार्थीहरूको बढ्दो आकर्षण देखाउँछ।

कलेजका प्रिन्सिपल राजेश भन्छन् , “हामीप्रति गरिएको विश्वासलाई हामी कायम राख्नेछौं। कलेजको प्रतिष्ठालाई अझै उच्च स्तरमा पुर्याउन हामी निरन्तर प्रयासरत रहनेछौं।” कार्कीका अनुसार, विद्यार्थीहरूलाई एसईई र प्रवेश परीक्षाको अंकको आधारमा १० हजारदेखि १ लाख रुपैयाँसम्म छुट प्रदान गरिनेछ।

यसैबीच, अमेरिकाेका पूर्व विद्यार्थीहरू दिवस थापा र नीलहरि भण्डारीले तीन जना नयाँ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेका छन्। थापाले दुई जना गरिब जेहेन्दार विद्यार्थी र भण्डारीले एक जना सरकारी विद्यालयबाट आएका विद्यार्थीलाई यो सुविधा दिएका हुन्। अरनिको माविबाट उत्तीर्ण विद्यार्थीहरूले चिकित्सा र नर्सिङ क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन्, जसले गर्दा यो संस्था विज्ञान शिक्षाको केन्द्रको रूपमा स्थापित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]