०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कलेज र कपडा पसलको अनैतिक साँठगाँठ: भिजिटिङ कार्डले खोल्यो शिक्षादीपकाे पोल

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार २४ । विराटनगरको शिक्षादीप कलेजले कपडा पसलको भिजिटिङ कार्ड कलेजबाटै विद्यार्थीलाई वितरण गरेपछि, अहिले कलेजमाथि नैतिक प्रश्न उठेको छ ।

पछिल्लो समय मोटो कमिसन लिएर विद्यार्थीहरुलाई ड्रेस बनाउन निश्चित कुनै कपडा पसल कलेजहरुले पठाउने गरेको बजारमा हल्लीखल्ली चलिरहेको बेला शिक्षादीपले भिजिटिङ कार्डनै दिएर विद्यार्थीलाई कपडा पसल पठाएपछि सो कलेज शंकाको घेरामा तानिएको हो ।

शिक्षादीप कलेजले विराटनगरको वाटारोडमा रहेको कामना इम्पेक्स कपडा पसललाई विज्ञान संकायको ड्रेस बनाउने जिम्मा दिएको छ । सोही पसलको भिजिटिङ कार्ड अहिले कलेजबाटै वितरण भइरहेको छ । शिक्षादीपले यसअघिका वर्षहरुमा पनि सोही कपडा पसलसँग काम गराइरहेको समेत बुझ्नमा आएको छ । यस पटक शिक्षादीपको विज्ञान संकायमा १८ सयभन्दा बढी विद्यार्थीलाई भर्ना गराउने कलेजको तयारी छ ।

कामना इम्पेक्स पसलले प्रत्येक विद्यार्थीसँग एक सेट ड्रेस (कोट, पेन्ट, सर्ट र टाई) बनाए बापत ६८ सय ५० रुपैयाँ लिने गरेको छ । अरु पसलले भने ५५ सयमै बनाइदिने गरेको समेत बजार सर्वेबाट पत्ता लागेको छ । तर अरु पसलमा सस्तो पाएपनि कलेजले ड्रेसकोडको लिस्ट सहित कामनाको भिजिटिङ कार्ड स्टिच गरेर दिँदा विद्यार्थीहरु सोही पसलमा मात्रै ड्रेस खरिद गर्न बाध्य छन् ।

यता, शिक्षादीप कलेजले अबको ओरिएन्टेसनमा अनिवार्य ड्रेसमा आउन विद्यार्थीलाई निर्देशन समेत दिइसकेको छ । कलेजले यही श्रावण ३ गते विद्यार्थीको लागि ओरिएन्टेसन क्लास राखेको छ । यस मितिले ओरिएन्टेसनका लागि अब हाराहारी १० दिन मात्र बाँकी छ । कपडा किन्ने र सिलाउने समय एकदमै कम रहेकाले विद्यार्थी पनि दायाँबायाँ नगरी सिधै कलेजले रिफर गरेको पसलमा मात्रै जाने गरेका छन् ।

के छ बजारको कमिसन ट्रेड ?

 विद्यार्थी रेफर गरिदिएवापत प्रत्येक विद्यार्थी एक हजार रुपैयाँ सम्म कलेजले कपडा पसलसँग लिने बजारमा चलन छ । जति ठुलो कलेज त्यती नै ठुलो कमिसनको डिमाण्ड रहने यसपटक कलेजका ठेक्का नपाएका व्यापारीहरु सुनाउँछन् । यस हिसाबले हेर्ने हो भने ठुला कलेजले १० देखि २० लाख रुपैयाँसम्म प्रत्येक भर्नामा कपडा पसलसँग कमिसन पाउने देखिन्छ ।

यस विषयमा कामना इम्पेक्सका संचालक अभिषेक अग्रवालले बजार यसरी नै चलेको छ भनी प्रतिक्रिया दिएका छन् । अरु अरु कपडा पसलहरु पनि यसैगरी चलिरहेको भन्दै अग्रवालले सबैले यो काम बन्द गर्ने हो भने आफूले पनि रेफरको काम नलिने बताएका छन् । त्यस्तै शिक्षादीप कलेजका प्राचार्य ज्ञानु खड्काले आफ्नो कलेजले कुनै पनि खालको कमिसन लिने नगरेको प्रतिक्रिया दिएका छन् । विद्यार्थीलाई कपडा खरिद गर्न सजिलो होस्, कपडाको क्वालिटी र कपडामा रङ्गभेदताको समस्या नआओस् भनेर मात्रै एकद्वार प्रणालीबाट यसलाई लान खोजिएको बताएका छन् ।

तर कलेजहरुले जतिसुकै म चोखो छु भने पनि, बजारमा कलेज र कपडा व्यापारीको बीचको अनैतिक साँठगाँठको विषय ओपन सेक्रेट जस्तै छ । कलेजबाट दिइने ड्रेसकोड लिस्ट सहित स्टिच गरिएको कामना इम्पेक्सको भिजिटिङ कार्डले पनि धेरै पोल खोलिदिएको छ । कुनै एक पसलको भिजिटिङ कार्ड कलेजले आफ्नो अफिसियल कागजपत्रमा एटेच गरेर दिनु अनैतिक र अशोभनीय छ । यो क्रियाकलापले पनि कपडा पसले र कलेजको सम्बन्धलाई स्पष्ट पार्दछ ।

विद्यालयनै यस्तो काममा लागेको शोभनीय देखिदैन, कलेज प्रशासन अब सच्चिन र सुध्रिन जरुरी छ । नभए विद्यार्थीले कलेजबाट के शिक्षा पाउलान् ? कस्तो शिक्षा पाउलान् ? गम्भीर भएर सोच्न जरुरी छ ।

जनचर्चा डटकम परिवार सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]