०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बीएसएनद्वारा विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने प्रतिबद्धता, नेपालीरीकामा ओरिएन्टेशन सम्पन्न

Logo
निरज बस्नेत

विराटनगर, साउन १४। शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका शैक्षिक हस्तीहरूले संचालन गरेको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ। विराटनगरमा होटल म्यानेजमेन्ट मात्र अध्ययन गराउने एक मात्र विराट शिक्षा निकेतन (बीएसएन) स्कुल अफ होटल म्यानेजमेन्टले शनिबार विराट चोकमा रहेको होटल नेपालीरीकामा एक कार्यक्रमको आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण गराएको हो।

विराटनगर २ तीनपैनीमा यसै वर्षदेखि संचालनमा आएको स्कुल अफ होटल म्यानेजमेन्ट स्कुलमा यसपटक ६३ जना विद्यार्थीले भर्ना गरेका छन्। भर्ना भएका विद्यार्थीहरूलाई  शनिबार विराटचाेकस्थीत ४ तारे होटल नेपालीरीकामा होटल म्यानेजमेन्ट सम्बन्धी जानकारी गराउनुका साथै अवलोकन गराइएको थियो। कार्यक्रममा बीएसएन स्कुलका अध्यक्ष देवराज राजवंशीले विशेष सम्बोधन गर्दै होटल म्यानेजमेन्ट सम्बन्धी विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगैको संस्कार सिकाईमा देशकै उत्कृष्ट बनाउने लक्ष्य रहेको जानकारी गराए।

कलेजकाे अभिभावकत्व  ग्रहण गरेका देवराज राजवंशीले संस्थाकाे सवार्ङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलका छन्। उनकै राम्रो छविको कारण कलेजलाई सबैले विश्वास गरेको बुझ्नमा आएकाे छ। अध्यक्षको नम्र बोल्ने शैली, समानताकाे व्यवहार र अतिथ्यताबाटै विद्यार्थीहरूले ९० प्रतिशत होटल म्यानेजमेन्टको कुरा सिक्नसक्ने उनलाई चिन्नेहरुले कार्यक्रमकाे बिचमै प्रसंसा गरेका थिए। साथै यस कलेजमा आवद्ध हाेटल म्यानेजमेन्टका दिग्गज शिक्षकहरु अजय कुमार चाैधरी, संजय माझी, अमित रंजन यादव लागएतका टाेलीले कलेजकाे अध्यापनलाई उच्च काेटीमा पुर्याउने विश्वास गरिएकाे छ । कलेजकाे नेतृत्वमा रहेका अन्यले पनि यस टिम र देवराज राजव‌ंशीवाट मानविय व्यवहारबारे सिक्नसक्ने सुवर्ण अवसर पाएका छन् ।

कलेजका अनुसार, विद्यार्थीहरूलाई साउन ७ गतेबाट कक्षा संचालन गराइसकेको छ ।  पहिलो वर्षमै विद्यार्थीहरूको रोजाईमा पर्न सफल भएता पनि अझै थुप्रै चुनौतीहरूलाई चिर्न बाँकी रहेको र त्यसको लागि स्कुल व्यवस्थापन र शिक्षकहरूले मेहनतका साथ विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षा प्रदान गर्दै जाने कलेजले जनाएकाे छ। गुणस्तरीय शिक्षा दिने उद्देश्यले यस पटक दुई सेक्सन मात्र पढाउने गरी यस कलेजमा खाेलीएकाे भर्नाका सबै सिटहरु अकुपाईड भएपछि कलेज प्रशासनले एसईईकाे पुरकपरिक्षा दिने विद्यार्थीकाे भविष्यलाई ध्यानमा राखी तेस्राे  सक्सन समेत विस्तार गर्ने याेजना अघि सारेकाे छ । तेस्राे सेक्सनकाे लागी कलेजले पुरकपरीक्षापछि भर्ना खाेल्ने तयारी समेत गर्दैछ।

शनिबार सम्पन्न कार्यक्रममा कलेजकाे नेतृत्वकर्ता मनाेज राज‌वंशीकाे आमन्त्रणमा देशकै प्रतिष्ठित मिडियाका प्रतिनिधि, विभिन्न कलेजका प्रमुखहरु तथा समाजका अगुवाहरुलाई बाेलाईएकाे थियाे ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]