२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

काेशीका पुर्व मुख्यमन्त्री कार्कीद्धारा आमरण अनशन वस्ने घोषणा

Logo
जनचर्चा संवाददाता

विराटनगर, २५ भदौ ।
कोशी प्रदेसका पुर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार देखि आमरण अनशन वस्ने घोषणा गर्नु भएको छ । प्रेस युनियन मोरङले साेमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन उहाले आफु मुख्यमन्त्री हुदा ल्याएको कार्यक्रम कटौती गरेको भन्दै आमरण अनशन वस्न लागेको घोषणा गर्नुभयो ।
मंगलवार अपरान्ह–४ वजे देखि कोशी प्रदेस सभा अगाडी आमरण अनशन वस्ने उहाले घोषणा गर्नु भएको छ ।
कोशी प्रदेसका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफु मुख्यमन्त्री हुदा ल्याएको कोशी प्रदेसका १० वर्ष मुनिका वालवालिकाको विशिष्टकृत सेवा सहितको निशुल्क उपचार सहित अन्य ९ वटा कार्यक्रम कटौती गरेको उहाको भनाई छ ।
२५ लाख भन्दा तलको आयोजना नराख्ने निति, शैलजा आचार्य ह्दयरोग उपचार केन्द्रको संचालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता,सुनसरी मोरङ केशलिय कोरिडोरका विकास कार्यक्रम, कृषि तथा प्राविधिक विद्यार्थीका लागि छात्रवृति, डाक्टर इन्जिनियर तथा विभिन्न विद्र्याथीलाई छात्रवृति तथा जनावर मैत्री जंगल जस्ता कार्यक्रम अहिले खारेज गरिएको पुर्व मुख्यमन्त्री कार्कीको भनाई छ ।
उहाले आफुले शुरुगर्न लागेको आमरण अनशन पार्टीको कार्यक्रम नभई जनताको जनजिविकाका लागि भएको पत्रकार सम्मेलनमा वताउनुभयो ।
पुर्व मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आफु मुख्यमन्त्री हुदा शुरु गरेको कार्यक्रम पुन संचालन गर्न गत आइतवार ४८ घन्टाको अल्टिमेटम दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]