०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

काेशीका पुर्व मुख्यमन्त्री कार्कीद्धारा आमरण अनशन वस्ने घोषणा

Logo
जनचर्चा संवाददाता

विराटनगर, २५ भदौ ।
कोशी प्रदेसका पुर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार देखि आमरण अनशन वस्ने घोषणा गर्नु भएको छ । प्रेस युनियन मोरङले साेमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन उहाले आफु मुख्यमन्त्री हुदा ल्याएको कार्यक्रम कटौती गरेको भन्दै आमरण अनशन वस्न लागेको घोषणा गर्नुभयो ।
मंगलवार अपरान्ह–४ वजे देखि कोशी प्रदेस सभा अगाडी आमरण अनशन वस्ने उहाले घोषणा गर्नु भएको छ ।
कोशी प्रदेसका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफु मुख्यमन्त्री हुदा ल्याएको कोशी प्रदेसका १० वर्ष मुनिका वालवालिकाको विशिष्टकृत सेवा सहितको निशुल्क उपचार सहित अन्य ९ वटा कार्यक्रम कटौती गरेको उहाको भनाई छ ।
२५ लाख भन्दा तलको आयोजना नराख्ने निति, शैलजा आचार्य ह्दयरोग उपचार केन्द्रको संचालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता,सुनसरी मोरङ केशलिय कोरिडोरका विकास कार्यक्रम, कृषि तथा प्राविधिक विद्यार्थीका लागि छात्रवृति, डाक्टर इन्जिनियर तथा विभिन्न विद्र्याथीलाई छात्रवृति तथा जनावर मैत्री जंगल जस्ता कार्यक्रम अहिले खारेज गरिएको पुर्व मुख्यमन्त्री कार्कीको भनाई छ ।
उहाले आफुले शुरुगर्न लागेको आमरण अनशन पार्टीको कार्यक्रम नभई जनताको जनजिविकाका लागि भएको पत्रकार सम्मेलनमा वताउनुभयो ।
पुर्व मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आफु मुख्यमन्त्री हुदा शुरु गरेको कार्यक्रम पुन संचालन गर्न गत आइतवार ४८ घन्टाको अल्टिमेटम दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]