११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

क्रिकेटमा इच्छा राख्नेलाई लायन्स क्रिकेट एकेडेमीद्वारा तालिम

Logo
जनचर्चा संवाददाता

विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे ।

विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे ।
विराटनगरका विभिन्न स्थानका बालबालिका तथा युवाहरू यसमा सहभागी भएका छन् । जसका लागि पूर्व राष्ट्रिय खेलाडी कुन्दन खतिवडा प्रशिक्षककारूपमा रहेका छन् । यस संस्थाकाे सम्पूर्ण व्यवस्थापन लायन्स क्रिकेट एकेडेमी अध्यक्ष दिवस नेपालले गरेका छन् ।

भविष्य बाेकेका र आसलाग्दा खेलाडीलाई छनाैट गरि नि:सुल्क तालिम प्रदान गरिएको अध्यक्ष नेपालले वताए । टिममा विराटनगरका १२० जना बालबालिकाले तालिम लिइरहेका छन् । संस्था सन्चालनका लागि केही रकम तालिम लिनेहरूवाट लिएको पनि नेपालले वताए । साेही क्रिकेट एकेडेमी भारतकाे कलकत्तामा हुन गइरहेको एकेडेमी स्तरीय प्रतियोगितामा सहभागी हुन दशै तिहारकाे विचमा जादै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]