१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समुदायगत समस्या राज्यतहवाटै सम्वोधन गर्नुपर्छ : कांग्रेस केन्द्रीय सदस्य पराजुली

Logo
जनचर्चा संवाददाता

विराटनगर,१८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले अझै पनि झागड-उराव समुदाय शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान गरिनुपर्ने बताएका छन् । उराव समुदायका अगुवाहरुको भनाईहरुलाई सम्वोधन गदै पराजुलीले समुदाय स्तरमै गएर राज्यले डाटा लिने र सोही अनुरुपको व्यवस्थापन गर्न सके मात्रै अधिकारका हरेक पक्षहरु सवल बन्ने बताए ।

नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले बुधबार विराटनगर ४ स्थित इक्राइ बनलौरीमा गरेको कर्मा,धर्मा पूजा कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । उराव समुदायले विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरेको थियो । झागड,उराव समुदायले विराटनगरमा गरेका हरेक कार्यक्रममा सांस्कृतिक प्रस्तुती दिएको आफुले देखेको भन्दै पराजुलीले प्रशंसा समेत गरेका थिए ।उनले खास- खास अधिकार प्राप्तिका लागि मागेर नपाए संघर्ष गरेर भएपनि राज्यसंग लिन आग्रह गरे ।

कार्यक्रममा नेपाल उराव संघका केन्द्रीय सभापति तथा संविधानसभा सदस्य सूर्यदेव उराव, नेकपा एमालेका युवा नेता सागर थापा,नेपाली कांग्रेसका युवा नेता विनायक पन्त,आदीवासी जनजाती महासंकघका केन्द्रीय उपाध्यक्ष ध्यानी उराव ,सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता उराव,समाजेवी ध्रुव उराव,सुरेन्द्र उराव,नेपाल झागड उराव सुधार समितिका अध्यक्ष गोविन्द उराव,सुनसरी अधयक्ष राजु उराव,झागड उराव राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलखन उराव,आदीवासी जनजाती महसंघ विराटनगरका अध्यक्ष सुरेश गनगाई लगायतले आ -आफ्ना धारणा व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]