०७ कार्तिक २०८२, बिहिबार
23-10-2025 , Thu
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

विराटनगरमा कहाँ खुल्याे “शैलुङ रेष्टुरेण्ट” ?

SAILUNG RESTAURANT
Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, कार्तिक १४, २०८१

विराटनगर, कार्तिक १४ । विराटनगरको खाद्य संस्कृतिमा नयाँ आयाम थप्दै शैलुङ रेष्टुरेन्ट संचालनमा आएको छ।  विराटनगर महानगरपालिकाबाट १०० मिटर उत्तरतर्फ मेनरोडमा अवस्थित साे रेष्टुरेन्ट विराट स्कुल अफ होटल म्यानेजमेन्टले संचालनमा ल्याएको हो।

विगत पाँच वर्षदेखि सोही स्थानमा होटल म्यानेजमेन्ट तालिम दिँदै आएको विराट स्कुल अफ होटल म्यानेजमेन्ट (BHSM) को अनुभवी जनशक्तिले नै रेष्टुरेन्टको संचालन गर्दैछन्। संचालक आभास थापाका अनुसार आफ्नै होटल म्यानेजमेन्ट स्कुल भएकाले खाना पकाउनेदेखि पस्कने र रेष्टुरेन्ट व्यवस्थापनसम्मका सबै काम दक्ष व्यावसायिक जनशक्तिबाट गराइने व्यवस्था मिलाइएको छ।

आकर्षक वातावरण र उच्च गुणस्तरीय खानाको संगम रहेको यस रेष्टुरेन्टको विशेषता भनेको यसको अनौठो डिजाइन हो। ओपन रुफको अवधारणामा निर्माण गरिएको यहाँ खुला आकाशमुनि भोजनको आनन्द लिन सकिन्छ। परम्परागत शैलीका खरको छाना र बाँसले निर्मित कटेजहरूले थप आकर्षण थपेका छन्। यी वाहेक यँहा रहेकाे दुई तले कंक्रिट भवनको माथिल्लो तल्लामा होटल म्यानेजमेन्टका कक्षाहरू संचालन हुने गरेका छन् भने तल्लो तल्ला रेष्टुरेन्ट विस्तारको चरणमा रहेको छ।

५० जना क्षमताको यस रेष्टुरेन्टमा भारतीय, चाइनिज र कन्टिनेन्टल परिकारहरूको विस्तृत मेनु उपलब्ध छ। बटर पनीर, चिकन बटर मसला जस्ता मेन कोर्सदेखि विभिन्न प्रकारका स्न्याक्स, पिज्जा, मोमो र पेय पदार्थहरूको विकल्प रहेको छ। विशेष गरी एक्सप्रेसो, डोपियो, लाटे जस्ता विशिष्ट कफी र विभिन्न प्रकारका सफ्ट तथा हार्ड ड्रिंक्सको उपलब्धताले यसलाई पूर्ण रेष्टुरेन्टको रूपमा स्थापित गरेको छ।

होटल म्यानेजमेन्ट स्कुलको सुविधा प्रयोग गर्न सकिने भएकाले न्यून संचालन खर्चका कारण सुलभ मूल्यमा उच्च गुणस्तरको खाना उपलब्ध गराउन सकिएको संचालक थापाको दाबी छ। गेट टुगेदर, जन्मदिन लगायत विभिन्न पार्टीका लागि विशेष प्याकेजको व्यवस्था समेत गरिएको छ। शान्त र परिवारिक वातावरणमा गुणस्तरीय खाना र सेवाको अनुभव लिन चाहनेहरूका लागि शैलुङ रेष्टुरेन्ट विराटनगरमा उत्कृष्ट विकल्प बनी रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]