काठमाडौं, १७ कात्तिक – सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक ४ बजे बस्ने गरी बोलाइएको हो।
करिब दुई साताको अन्तरालपछि बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।