२१ भाद्र २०८२, शनिबार
06-09-2025 , Sat
Gold Silver Price (19 Bhadra 2082, Thrusday)
Fine Gold 1 Tola NRs. 208400
Silver 1 Tola Nrs. 2495

विराटनगरमा खुल्याे “बझघरा” रेष्टुरेण्ट : थारु परिकार घुंगी-सिप्पी, हाँस-परेवा पाईने

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, कार्तिक १५, २०८१

विराटनगर, कार्तिक १५। थारु परिकार पाइने रेष्टुरेण्ट ‘बझघरा’ विराटनगरमा संचालनमा आएको छ। मुनालपथस्थित हाइवेमा खुलेको यो रेष्टुरेण्ट कोशी प्रदेशकाे थारु परिकार पाइने पहिलो र एकमात्र रेस्टुरेन्ट हो। यतिको संरचना र लगानीमा खुलेको यो नेपालकै पहिलो थारु परिकारकाे  रेस्टुरेन्ट हुनसक्ने अनुमान समेत गरिएको छ। रेष्टुरेण्टमा थारु जातिका परम्परागत परिकार घुंगी, सिप्पी, भक्का, बिगिया र उड्वा भुजा पाइन्छन्। यसका साथै माछा, हाँस, परेवा र लोकल कुखुराका परिकार पनि उपलब्ध छन्।

रेष्टुरेण्टका संचालक कुलदीप चौधरीका अनुसार सबै खानेकुरा प्लेट अथवा खाजा सेटका रूपमा उपलब्ध छन्। सिध्राको अचार यहाँको विशेष परिकार रहेको छ। खाना सटेमा विशेष प्रकारको चामल प्रयोग गरी लोकल कुखुरा, परेवा, हाँस वा खसीको मासुसँग पस्किने गरिएको छ। करिब ५ हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रेष्टुरेण्टमा ओपन रुफ डाइनिङ, फाइन डाइनिङ तथा गेटटुगेदर र पार्टीका लागि क्याबिनको समेत व्यवस्था गरिएको छ। थारु परिकारका अतिरिक्त कन्टिनेन्टल खानाहरू पनि उपलब्ध छन्। मोमो, चाउमिन, बर्गर, पाकौडा, आलुका फ्राइड परिकार, चिकन तथा मटनका फ्राइड, ग्रिल्ड एवं बोइल्ड परिकार समेत पाइन्छन्। रेष्टुरेण्टमा हार्ड र सफ्ट दुवै प्रकारका पेय पदार्थ उपलब्ध छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, २० भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ।सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय बमोजिम नेपालमा दर्ता नभएका २६ सामाजिक निष्क्रिय पार्न प्राधिकरणले पत्र लेखेको हो। सरकारले नेपालमा दर्ता नभएको भन्दै फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

विराटनगर,१९ भदौ ।  कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रस्टीकरण दिएका छन् ।बुधवार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रस्टीकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी […]