१६ साउन २०८२, बिहिबार
31-07-2025 , Thu
Gold Silver Price (11 shrawan 2082, Sun)
Fine Gold 1 Tola NRs. 194100
Silver 1 Tola Nrs. 2305

उपनिर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाउन आयोगको निर्देशन

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

काठमाडौं, ४ मंसिर ।  निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदान सम्पन्न भएपश्चात् सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

उपनिर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्णपालना गर्न गराउन, आचारसंहिता पालना भए/नभएको अनुमगन गर्न र निषेधित कार्य भए/गरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ ।

यही मङ्सिर ५ देखि मतगणना सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधन आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१३ साउन । विराटनगरकी सृजा पोखरेल् एनआरएनए अस्ट्रेलिया स्थित तास्मानिया नारी निकुञ्जको महिला संयोजकमा विजयी भएकी छन् । तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँन भन्दै उम्मेदवारी दिएकी पोखरेल विजयी बन्न सफल भएकी हुन्। नेपालबाट २०१८ मा तास्मानिया पुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय […]

विराटनगर, ११ साउन ।  कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सञ्चालन गरेको विशेष अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। असार मसान्तसम्म प्रदेशका सबै जिल्लाहरूबाट जम्मा ३,५१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लागत विवरणअनुसार मोरङबाट १,१५६ जना, सुनसरीबाट १,००२ जना, झापाबाट ५३४ जना, उदयपुरबाट २६० जना, इलामबाट १४६ जना, ओखलढुंगाबाट […]

सोलुखुम्बु, साउन ६। थुलुङ दुधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले खुट्टा भाँचिएर घरमै थला परेकी एक दलित महिलाको आफैं मोटरसाइकलमा राखेर उद्धार गरेका छन्। करीव ४२ वर्षीय कुमारी नेपालीलाई दुई दिनअघि काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहेको स्थानीयले जानकारी गराएपछि मंगलवार वडाध्यक्ष बस्नेत […]