०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

काेशीकाे ६ स्थानीय तहमा हुने उपनिर्वाचनकाे उम्मेदवारी दर्ता सकियो

Logo
जनचर्चा संवाददाता

म‌सिर ४,विराटनगर। मंसिर १६ को उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १५ दल र एक स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ। गाउँपालिका अध्यक्षमा राप्रपाका दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार चौधरी विश्वास, एमालेका तुलसीराम विश्वास, जसपाका धर्मेन्द्रकुमार चौधरी, कांग्रेसका बलराम सरदार, माओवादी केन्द्रका नमोनारायण माझी, मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनका भरत राई, नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी र जनमत पार्टीका विनोदकुमार माझी उम्मेदवार छन्। यस्तै, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास, एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मा, राप्रपा नेपालका राजु मुसहर, जसपा नेपालका सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी र एमालेका असन्तुष्ट नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। आईतवार

सुनसरीको गढी गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ। एमालेका सन्तु उराँव, जसपा र माओवादी केन्द्रका संयुक्त उम्मेदवार कुशेश्वर खेरवार यादव, कांग्रेसका तेतर साह, एकीकृत समाजवादीका डोमी उराँव, नागरिक उन्मुक्ति पार्टीका तेजनारायण मुसहर, राप्रपा नेपालकी कविता कुमारी उराँव, राप्रपाका बच्चालाल अरगिरया यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका शशि कुमार साह, जनमत पार्टीका सिताराम यादव, समाजवादी राष्ट्रिय पार्टीका योगनारायण ऋषिदेव र स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहता उम्मेदवार छन्।

झापाको कनकाई नगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्च, जनमत पार्टी र एक स्वतन्त्र गरी ९ जनाको उम्मेदवारी परेको छ।

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ५ को वडाध्यक्ष पदका लागि एमालेका गंगाबहादुर तामाङ, कांग्रेसका घनश्याम दाहाल, माओवादी केन्द्रका मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेल, राप्रपाका चन्द्रमणी दाहाल, जसपाका इन्द्र बहादुर दर्जी र स्वतन्त्र उम्मेदवार हेम बहादुर सुनुवार र दिप प्रसाद दाहाल गरी ८ जना उम्मेदवार छन्।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं. ३ को वडाध्यक्ष पदका लागि कांग्रेसका भीमकुमार लक्सम्बा लिम्बू, एमालेकी कुमारी साउदेन, माओवादी केन्द्रका अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रनध्वोज काङ्भा गरी ५ जना उम्मेदवार छन्।

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं. ८ को वडाध्यक्ष पदका लागि कांग्रेसका नगेन्द्र लिम्बू, एमालेका बुद्ध बहादुर लिम्बू, माओवादी केन्द्रका कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्का, राप्रपाका रत्न बहादुर श्रीपाली, एकीकृत समाजवादीका प्रेम बहादुर खड्का र स्वतन्त्र उम्मेदवार उक्त बहादुर लिम्बू र बसन्त लिम्बू गरी ८ जना उम्मेदवार छन्।

आईतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनको समय छुट्याएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]