२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै

Logo
जनचर्चा संवाददाता

काठमान्डौं,२५ मंसिर ।  पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि पर्साको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिँदैछ । यो उनको बयान दिने पाँचौँ जिल्ला एवं पाँचौँ सहकारी ठगी प्रकरण हो ।

उनलाई सोमबार कास्कीबाट काठमाडौँ हुँदै काठमाडौँबाट सिराहा जहाजमा ल्याएर त्यसपछि गाडीमा वीरगञ्ज ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।

सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जीबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरीपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ र चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइन लागेको हो ।

रवि कार्तिक २ गते पक्राउ परेका थिए । त्यतिबेलादेखि कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै छविराज जोशीलाई पनि वीरगञ्ज ल्याइएको छ । उनलाई गाडीमा वीरगञ्ज ल्याइएको हो । एउटै प्रकरणमा मुछिएका उनी गत असोज ६ गतेदेखि प्रहरीको हिरासतमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]