१५ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

युरोपियन देशहरुमा विद्यार्थीहरु पठाउने फोर नेसन्स्‌काे शाखा विराटनगमा खुल्याे

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर,२ पुष। विराटनगरको ट्राफिक चौकमा फोर नेसन्स् ,इन्टरनेशनल   एजुकेशन एण्ड भिसा सर्भिसको शाखा अफिस खुलेको छ । ९ औं शाखाको रूपमा विराटनगरमा फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसको कन्सलटेन्सी संचालनमा आएकोे हो ।

फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसको केन्द्रीय कार्यालय अष्ट्रेलियाको सिड्नी र काठमान्डौंको पुतलीसडक स्थित स्टार मलमा रहेको छ । यो मल्टिेनेशनल एजुकेशन प्रदान गर्ने एजेन्सी रहेको विराटनगर शाखाका प्रमुख बिवेक बिमलीले जानकारी दिए । विदेश अध्ययन गर्न जानको लागि राम्रो परामर्श केन्द्र फोर नेसन्स् ,इन्टरनेशनल  एजुकेशन एण्ड भिसा सर्भिस उत्कृष्ठ रहेको उनले बताए ।

विराटनगरमा यो शाखा खुले संगै यस क्षेत्रबाट उच्चशिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने फोर नेसन्स् ,इन्टरनेशनल   एजुकेशन अष्ट्रेलिया सिड्नीका प्रमुख William Enrique Diez  ले बताए । उनी पेशाले वकिल तथा प्रोफेसर हुन् । उनले विराटनगर आएकावेला यो नेपालकै लागि राम्रो विषय भएको बताए । यसवाट अधितम लाभ लिन विद्यार्थी तथा अभिभावकलाई उनले आग्रह गरे ।

यस्तै संस्थाका संस्थापक कोमलराज पाठकले कोशी प्रदेशका धेरै विद्यार्थीहरु लाभान्वित हुने धारणा व्यक्त गरे । फोर नेसन्स् ,इन्टरनेशनल  एजुकेशन एण्ड भिसा सर्भिसले अस्टे«लिया, क्यानडा, युके, यू एस तथा युरोपियन देशहरुमा विद्यार्थीहरुलाई अध्ययनको लागि पठाउने गरेको छ । यसमा अस्टे«लियामा रहेका जुझारु युवाहरु कोमलराज पाठक, निजन चौलागाई,विपिन थापा लगायतले नेपाली विद्यार्थीको सहजताका लागि विराटनगरमा शाखा कार्यालय खोलेका हुन् ।

विराटनगर शाखाको मेनेजिङ डाइरेक्टर रन्जन चौलागाइ रहेका छन् । उनले विस्वासिलो संस्थाकारुपमा परिचित फोर नेसन्स् ,इन्टरनेशनल  एजुकेशन एण्ड भिसा सर्भिसको विभिन्न आठ देशमा शाखा तथा प्रशाखा अफिसहरु रहेको जानकारी दिए । विराटनगरबाट काम सुरु भइसकेको र इच्छुक विद्यार्थीहरुले सम्पर्क राख्न सक्ने चौलागाइले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]