११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

युरोपियन देशहरुमा विद्यार्थीहरु पठाउने फोर नेसन्स्‌काे शाखा विराटनगमा खुल्याे

Logo
जनचर्चा संवाददाता

विराटनगर,२ पुष। विराटनगरको ट्राफिक चौकमा फोर नेसन्स् ,इन्टरनेशनल   एजुकेशन एण्ड भिसा सर्भिसको शाखा अफिस खुलेको छ । ९ औं शाखाको रूपमा विराटनगरमा फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसको कन्सलटेन्सी संचालनमा आएकोे हो ।

फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसको केन्द्रीय कार्यालय अष्ट्रेलियाको सिड्नी र काठमान्डौंको पुतलीसडक स्थित स्टार मलमा रहेको छ । यो मल्टिेनेशनल एजुकेशन प्रदान गर्ने एजेन्सी रहेको विराटनगर शाखाका प्रमुख बिवेक बिमलीले जानकारी दिए । विदेश अध्ययन गर्न जानको लागि राम्रो परामर्श केन्द्र फोर नेसन्स् ,इन्टरनेशनल  एजुकेशन एण्ड भिसा सर्भिस उत्कृष्ठ रहेको उनले बताए ।

विराटनगरमा यो शाखा खुले संगै यस क्षेत्रबाट उच्चशिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने फोर नेसन्स् ,इन्टरनेशनल   एजुकेशन अष्ट्रेलिया सिड्नीका प्रमुख William Enrique Diez  ले बताए । उनी पेशाले वकिल तथा प्रोफेसर हुन् । उनले विराटनगर आएकावेला यो नेपालकै लागि राम्रो विषय भएको बताए । यसवाट अधितम लाभ लिन विद्यार्थी तथा अभिभावकलाई उनले आग्रह गरे ।

यस्तै संस्थाका संस्थापक कोमलराज पाठकले कोशी प्रदेशका धेरै विद्यार्थीहरु लाभान्वित हुने धारणा व्यक्त गरे । फोर नेसन्स् ,इन्टरनेशनल  एजुकेशन एण्ड भिसा सर्भिसले अस्टे«लिया, क्यानडा, युके, यू एस तथा युरोपियन देशहरुमा विद्यार्थीहरुलाई अध्ययनको लागि पठाउने गरेको छ । यसमा अस्टे«लियामा रहेका जुझारु युवाहरु कोमलराज पाठक, निजन चौलागाई,विपिन थापा लगायतले नेपाली विद्यार्थीको सहजताका लागि विराटनगरमा शाखा कार्यालय खोलेका हुन् ।

विराटनगर शाखाको मेनेजिङ डाइरेक्टर रन्जन चौलागाइ रहेका छन् । उनले विस्वासिलो संस्थाकारुपमा परिचित फोर नेसन्स् ,इन्टरनेशनल  एजुकेशन एण्ड भिसा सर्भिसको विभिन्न आठ देशमा शाखा तथा प्रशाखा अफिसहरु रहेको जानकारी दिए । विराटनगरबाट काम सुरु भइसकेको र इच्छुक विद्यार्थीहरुले सम्पर्क राख्न सक्ने चौलागाइले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]