०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

श्रवण दृष्टिविहिन अपाङ्गताको समस्याबारे छलफल

Logo
जनचर्चा संवाददाता

विराटनगर , १४ पुस ।
अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव अझै पनि खट्किएको सरोकारवाला व्यक्तिहरुले बताएका छन् । सरकारका पक्षबाट हरेक किसिमका कानुन र अधिकारको व्यवस्था गरी सुनिश्चित गरिएको भन्ने विषयहरु समेत व्यवहारत प्रयोगमा नआएको गुनासो गरिएको छ ।

शुक्रबार राष्ट्रिय बहिरा महासंघ नेपालले विराटनगरमा गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना संयोजक शंकर चैसरले अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव भोगिरहेको स्विकार गरे उनले यस्तो समस्या समाधानका लागि तीनै तहका सरकारहरुको सहयोग रहनेमा आशावादी रहेको बताए । उनले श्रवण दृष्टिविहिन अपाङ्गताको विषयमा जानकारी गराउदै बोल्दा सबैले अपाङ्गता मैत्री शब्दको प्रयोग गर्न सुझाए । महासंघले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको हक हितको लागि आवाज उठाउदै आएको बताए ।

यस्तै विराट बहिरा माविका प्रधानाध्यापक मिनु अधिकारी दाहालले अपाङ्गता भित्रपनि विविध खाले अपाङ्गताका अवस्था भएको र सोही अनुरुप शिक्षा र सीपको आवश्यकता रहेको औल्याइन् । पढाएर मात्रै नभइ सीप पनि दिएर सक्षम बनाउनुपर्नेमा दाहालले जोड दिइन् । यस क्षेत्रमा राज्यले समेत उचित लगानी गर्न नसकेको भन्दै दुःख व्यक्त गरिन् ।

यस्तै आदर्श माविका सहयाक प्रधानाध्यापक इन्द्र चौहानले अपाङ्गताको क्षेत्रमा जुनरुपमा राज्यवाट सहयोग पाउनुपर्ने हो त्यो नपाएको बताए । उनले दोभाषे शिक्षकको अभाव,अपाङ्गता र यसका आयामहरु बुझेका मानिसहरुलाई काममा टिकाइरहन कठिन हुने गरेको बताए । राज्यका निकायवाट उचित सहयोग पाए अपाङ्गता भएका मानिसहरुलाई सक्षम र सीप हासिल गर्न योग्य बनाउन सकिने बताए ।

यस्तै श्रवण दृष्टिविहिन अपाङ्गताको तर्फबाट बोल्दै कृष्णमाया अधिकारीले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सबै निकायका व्यक्तिहरुले उठाउनु पर्ने बताइन् । अपाङ्गता भएका व्यक्तिहरुका अवरोधहरु पहिचान गरी समस्याहरु समाधान गर्नु पर्ने कुरामा उनले जोड दिइन् । कार्यक्रममा दोभाषे सन्तोषी तिवारीले सांकेतिक वक्तव्य गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]