२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

ज्येष्ठ नागरिक महासंघद्वारा जग्गादाता र उत्कृष्ट शाखालाई सम्मान

Logo
जनचर्चा संवाददाता

विराटनगर,१७ पुस/ कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ ।
चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र कमला श्रेष्ठलाई सम्मान गरेको छ ।

महासंघको भवन निर्माणका लागि श्रेष्ठ दम्पत्तिले विराटनगर–५ सम्झनाचोकमा करिब १ करोड रुपैयाँ पर्ने १ कठ्ठा १ धुर जग्गा उपलब्ध गराउनुभएको छ । सो जग्गामा महासंघको नयाँ भवन निर्माण गर्ने योजना छ । श्रेष्ठ ज्येष्ठ नागरिक महानगर समिति विराटनगरका अध्यक्षसमेत हुन् । जग्गादाता कमला भने शारीरिक अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुनुभएन । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, महासंघका अध्यक्ष मणिकुमार अज्र्याललगायतले दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्नुभएको थियो ।

त्यस्तै महासंघले उत्कृष्ट जिल्ला शाखाका रुपमा ज्येष्ठ नागरिक जिल्ला संघ इलामलाई सम्मान गरेको छ । संघले ज्येष्ठ नागरिकलाई लुम्बिनी, देवघाट, अर्जुनधारा, बराहक्षेत्रलगायतका स्थानमा तीर्थयात्रा गराउनुका साथै कपडा वितरण, अन्तरक्रिया, रेडियो कार्यक्रमलगायत सञ्चालन गरेर ज्येष्ठ नागरिकका हक अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघको ठहर छ । उत्कृष्ट कार्य गरेबापत संघका अध्यक्ष देवीप्रसाद गौतमलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले मेयर कोइरालाले किताबको ठेलीमा भन्दा ज्यादा ज्ञान ज्येष्ठ नागरिकहरूको अनुभवबाट प्राप्त गर्न सकिने बताउनुभयो । जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुने मेयर कोइरालाले प्रस्ट पार्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाजसापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरुरी रहेको औंल्याउनुभयो । नेपालमा हाल २५ लाखभन्दा बढी ज्येष्ठ नागरिक रहेको बताउँदै मेयर कोइरालाले संविधानमा उल्लेख भएअनुसारको अधिकार राज्यबाट ज्येष्ठ नागरिकले प्राप्त गरेका छन् कि छैनन् भनेर समीक्षा हुनु जरुरी रहेको बताउनुभयो ।

वैदेशिक रोजगारीले ज्येष्ठ नागरिकलाई समस्यामा पारेको उहाँको भनाइ थियो । मेयर कोइरालाले विराटनगर महानगरपालिकाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको जानकारी गराउनुभयो । टोल–टोल र वडा–वडामा भन्दा सबैलाई पायक पर्ने स्थानमा एकीकृत रुपमा ज्येष्ठ नागरिक भवन निर्माण गर्ने महानगरको योजना रहेको उहाँले सुनाउनुभयो । वडाध्यक्ष काजीबहादुर बस्नेतले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महानगर र वडा कार्यालयहरूले ज्येष्ठ नागरिकले पाउने सुविधा सहज रुपमा उपलब्ध गराइरहेको दाबी गर्नुभयो ।

सो अवसरमा आयोजक संस्थाका अध्यक्ष मणिकुमार अज्र्याल, महासचिव योगेश्वर निरौला, सचिव जयप्रसाद संग्रौला, आजीवन देवीप्रसाद बास्तोला, ज्येष्ठ नागरिक संघ तेह्रथुमका अध्यक्ष सर्वजीत लिम्बूलगायतले ज्येष्ठ नागरिकका मुद्दालाई राज्यले बेवास्ता गर्ने गरेको गुनासो गर्नुभएको थियो । महासंघकी कोषाध्यक्ष जया राईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने महासचिव योगेश्वर निरौलाले सांगाठानिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २०७४ सालमा स्थापित महासंघले ज्येष्ठ नागरिकका क्षेत्रमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]