२१ आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
Gold Silver Price (19 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192600
Silver 1 Tola Nrs. 2185

ज्येष्ठ नागरिक महासंघद्वारा जग्गादाता र उत्कृष्ट शाखालाई सम्मान

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, पुष १७, २०८१

विराटनगर,१७ पुस/ कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ ।
चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र कमला श्रेष्ठलाई सम्मान गरेको छ ।

महासंघको भवन निर्माणका लागि श्रेष्ठ दम्पत्तिले विराटनगर–५ सम्झनाचोकमा करिब १ करोड रुपैयाँ पर्ने १ कठ्ठा १ धुर जग्गा उपलब्ध गराउनुभएको छ । सो जग्गामा महासंघको नयाँ भवन निर्माण गर्ने योजना छ । श्रेष्ठ ज्येष्ठ नागरिक महानगर समिति विराटनगरका अध्यक्षसमेत हुन् । जग्गादाता कमला भने शारीरिक अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुनुभएन । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, महासंघका अध्यक्ष मणिकुमार अज्र्याललगायतले दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्नुभएको थियो ।

त्यस्तै महासंघले उत्कृष्ट जिल्ला शाखाका रुपमा ज्येष्ठ नागरिक जिल्ला संघ इलामलाई सम्मान गरेको छ । संघले ज्येष्ठ नागरिकलाई लुम्बिनी, देवघाट, अर्जुनधारा, बराहक्षेत्रलगायतका स्थानमा तीर्थयात्रा गराउनुका साथै कपडा वितरण, अन्तरक्रिया, रेडियो कार्यक्रमलगायत सञ्चालन गरेर ज्येष्ठ नागरिकका हक अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघको ठहर छ । उत्कृष्ट कार्य गरेबापत संघका अध्यक्ष देवीप्रसाद गौतमलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले मेयर कोइरालाले किताबको ठेलीमा भन्दा ज्यादा ज्ञान ज्येष्ठ नागरिकहरूको अनुभवबाट प्राप्त गर्न सकिने बताउनुभयो । जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुने मेयर कोइरालाले प्रस्ट पार्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाजसापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरुरी रहेको औंल्याउनुभयो । नेपालमा हाल २५ लाखभन्दा बढी ज्येष्ठ नागरिक रहेको बताउँदै मेयर कोइरालाले संविधानमा उल्लेख भएअनुसारको अधिकार राज्यबाट ज्येष्ठ नागरिकले प्राप्त गरेका छन् कि छैनन् भनेर समीक्षा हुनु जरुरी रहेको बताउनुभयो ।

वैदेशिक रोजगारीले ज्येष्ठ नागरिकलाई समस्यामा पारेको उहाँको भनाइ थियो । मेयर कोइरालाले विराटनगर महानगरपालिकाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको जानकारी गराउनुभयो । टोल–टोल र वडा–वडामा भन्दा सबैलाई पायक पर्ने स्थानमा एकीकृत रुपमा ज्येष्ठ नागरिक भवन निर्माण गर्ने महानगरको योजना रहेको उहाँले सुनाउनुभयो । वडाध्यक्ष काजीबहादुर बस्नेतले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महानगर र वडा कार्यालयहरूले ज्येष्ठ नागरिकले पाउने सुविधा सहज रुपमा उपलब्ध गराइरहेको दाबी गर्नुभयो ।

सो अवसरमा आयोजक संस्थाका अध्यक्ष मणिकुमार अज्र्याल, महासचिव योगेश्वर निरौला, सचिव जयप्रसाद संग्रौला, आजीवन देवीप्रसाद बास्तोला, ज्येष्ठ नागरिक संघ तेह्रथुमका अध्यक्ष सर्वजीत लिम्बूलगायतले ज्येष्ठ नागरिकका मुद्दालाई राज्यले बेवास्ता गर्ने गरेको गुनासो गर्नुभएको थियो । महासंघकी कोषाध्यक्ष जया राईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने महासचिव योगेश्वर निरौलाले सांगाठानिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २०७४ सालमा स्थापित महासंघले ज्येष्ठ नागरिकका क्षेत्रमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको […]

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]