२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

जनताको माझबाट गरिबी हटाउन प्रेस जगतले झकझकाउनुपर्छ : कांग्रेस नेता सिटौला

Logo
जनचर्चा संवाददाता

विराटनगर,१८ पुस ।  नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य कृष्णप्रसाद सिटौलाले जनताको माझबाट गरिबी हटाउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनबाट कोशी प्रदेशमा  निर्वाचित पत्रकारहरूलाई सम्मान कार्यक्रममा बोल्दै नेता सिटौलाले कांग्रेसले जनताको पक्षमा पर्याप्त काम गर्न आवश्यक रहेको बताएका हुन् ।

‘जनताको माझबाट गरिबी हटाउन कांग्रेसले सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘यसका निम्ति प्रेस जगतले झकझकाउनुपर्छ । कांग्रेस एकताबद्व भएर जनतामा भएका पीडा र दुःखलाई अंगालेर हिड्नुपर्छ ।’

उनले नेपाली जनताको पक्षमा काम गर्नका निम्ति जुन लक्ष्यमा पुग्नुपर्ने हो, त्यो बाँकी रहेको बताए ।

‘देशको विकासमा निजी स्वार्थ लागू गर्न हुँदैन । जनताका आर्थिक प्रगति, सामाजिक सद्वाभका निम्ति कांग्रेसले भूमिका खेल्नुपर्छ,’ पार्टीका पूर्व महामन्त्रीसमेत रहेका उनले भने, ‘आज देशमा जे जति काम भएका छन्, त्यो कांग्रेसकै कारण भएको हो । कांग्रेसकै नीतिका कारण काम भएको छ, तर, जति हुनुपर्ने हो त्यति काम भएको छैन ।’

सञ्चारकर्मीहरूले सरकारलाई पर्याप्त सूचना र समालोचना गर्नका निम्तिसमेत आवश्यक रहेको उनको भनाइ छ । ‘सञ्चार जगत कांग्रेसका लागि ऐना हो,’ उनी भन्छन्, ‘कांग्रेसको गन्तव्य र तपाईंहरूको गन्तव्य एउटै हो ।’

जनतालाई जनताकै अधिकारका निम्ति सञ्चार जगतले काम गरिरहेकोमा उनले प्रशंसा गरे । लोकतन्त्रको सबल पक्ष सञ्चार जगतलाई मानिने भएपनि राज्य भने आफ्नो प्रशंसा मात्र खोज्ने उनले बताए ।

‘राज्यले सधैँ आफ्नो प्रशंसा मात्रै चाहन्छ, आलोचना सुन्न सक्दैन,’ उनले थपे, ‘तर सञ्चार जगत आफ्नो निर्भयतामा रहेर उभियो भने सूचना प्रवाहमा रहने मानिसहरू आफ्नो लक्ष्यमा पुग्छन् ।’

कार्यक्रममा केन्द्रीय सदस्यहरू अमृत अर्याल, भीम पराजुली, राजीव ढुंगाना, डिला संग्रौला, पार्टी प्रदेश सभापति उद्धव थापालगायतले बोल्दै सञ्चार जगतले सत्तालाई खबरदारी गर्नुपर्ने र राम्रो कामको प्रचार गर्नुपर्ने बताएका थिए ।

कार्यक्रम नेपाली कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक बाबुराम कोइराला (बासु)को सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]