०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

धर्म-संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्छ : मेयर कोइराला

Logo
जनचर्चा संवाददाता

विराटनगर,१८ पुस । / विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो ।

बिहीबार आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को परीक्षामा चौधरीले उत्कृट अंक ल्याएर उत्तीर्ण भएका थिए । पढाइमा अब्बल भएका कारण यस वर्षको छात्रवृत्ति प्रदान गरिएको पुस्तकालयका अध्यक्ष ओमकार चापागाईले जानकारी दिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंले माला लगाएर सम्मानपत्र र जनही ५–५ हजार नगद प्रदान गरे ।

पुस्तकालयले संस्थापक अध्यक्षको स्मृति दिवस पारेर हरेक वर्ष सामुदायिक विद्यालयका उत्कृष्ट छात्राहरुलाई नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा जोड दिए । उनले प्रविधिको बढ्दो प्रयोगसँगै पठन संस्कृतिमा कमी आएको बताए । मेयर कोइरालाले पुस्तकलाई प्रविधिसँग जोड्नु आवश्यक रहेको औंल्याए । उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष राजेन्द्र राउतले पुस्तकालयलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली कांग्रेस नगर सभापति दीपक चापागाईं, षडानन्द प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी, साहित्यकार सरला चापागाईं, समाजसेवी इन्दिरा रिजाल, आयोजक संस्थाका उपाध्यक्ष रमेश चापागाईं, सचिव माधव अत्री, समाजसेवी भवानीप्रसाद निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]